महिला उद्यमी सँघ नेपाल जाजरकोटको अध्यक्षमा बबीता चनारा चयन

जनसन्देश सम्बाददाता ।
जाजरकोट, भदौ १७ गते । महिला उद्यमी सँघ नेपाल जाजरकोटको अध्यक्षमा बबीता चनारा सर्वसम्मत रुपमा चयन हुनु भएको छ । सँघको मंगलवार भेरी नगरपालिका ३ थाप्लेको होटेल शिद्धपाइलाको सभाहलमा सम्पन्न ९औं साधारण सभा वाट चनारा सर्वसम्मतरुपमा चयन हुनु भएको हो ।
ू स्वदेशी खाऔं,स्वदेशी लगाऔं, स्वदेशी उद्यमशीलता लाई प्रोत्साहन गरौं “भन्ने मुल मन्त्रका साथ भेला भएका उद्यमी महिलाहरुको भेलाले उद्यमशिलतामा क्रियाशील कुशे ७ समाकोटकी बबीता लाई नेत्रित्व सुम्पएिको क्रियाशील उद्यमी महिला शीला नेपालीले जानकारी दिनु भएको छ ।
समितिको उपाध्यक्षमा विष्णु विक, सचिवमा द्धारीका विक, कोषध्यक्षमा सीता सुनार रहनु भएको छ । अन्य सदस्यहरुमा पबीत्रा टमटा, सरीता कुँवर,गिता विक, कल्पना कार्कि, अन्जना विक, कालीका खत्री र धनसरा नेपाली रहनु भएको छ ।

तपाईको प्रतिक्रिया