कुशे गाउँपालिका अध्यक्ष बस्नेत माथि आक्रमणका आरोपी पक्राउ

सहदेव बस्नेत
जाजरकोट, असोज २३ गते । जाजरकोट प्रहरीले जिल्लामा फरार अभियुक्त हरुलाई पक्राउ गर्ने कार्यलाई व्यापक रुपमा अगाडि वढाएको छ । जाजरकोटमा कुशे गाउँपालिका अध्यक्ष हरीचन्द्र बस्नेत लगायतलाई आक्रमणको आरोपी ४ जना व्यक्ति पक्राउ परेका छन । पालिका अध्यक्ष बस्नेत सहित ४ जनालाई यहि असोज १२ गते कुशे गाउँपालिका वाट सुर्खेत तर्फ जाने क्रममा छेडागाड नगरपालिका ५ चैखेलीमा राती बाटो रोकेर आक्रमण भएको थियो ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरीक्षक डिएसपी बसन्त कुमार शर्माका अनुसार पक्राउ पर्नेमा आक्रमणमा संलग्ना कुशे गाउँपालिका ३ का २५ वर्षीय प्रकाश बस्नेत, सोही स्थानका २१ वर्षीय रामु बस्नेत,छेडागाड नगरपालिका ५ का २० वर्षीय हेमराज थापा र एक जना नाबालक रहेको बताउनु भयो । पक्राउ परेका सवै माथि ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता गरी जिल्ला अदालत जाजरकोट वाट १५ दिनको म्याद थपेर हीरासतमा राखी अनुसन्धान भइरहेको डिएसपी शर्माले जनाकारी दिनु भयो ।
त्यस्तै प्रहरीले प्रहरी माथि अभद्र व्यवहार गरेका एक जना व्यक्ति लाई पनि पक्राउ गरेर मुद्धा चलाईएको जनाएको छ । पक्राउ पर्नेमा जुनीचाँदे नगरपालिका ३ का लोकेन्द्र नाथ योगी रहेको प्रहरीले जनाएको छ । जुनीचाँदे गाउँपालिकाको कृषी साखामा चौथो तहको कृषि प्राविधिक समेत रहेका योगीले मादक पदार्थ सेवन गरेर छेडागाड नगरपालिका ३ मा रहेको अस्थायि प्रहरी पोष्ट मा कार्यरत प्रहरीलाई दुव्र्यवहार गरेको भीडीयो सामाजिक संजालमा भाइरल वनेको थियो । योगीलाई अभद्र व्यवहार सम्वन्धि मुद्धा दर्ता गरी अदालत वाट म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
१२ वर्ष कैद तोकिएका फरार अभियूक्त जाजरकोट प्रहरी द्धारा पक्राउ
बलात्कार मुद्दामा १२ वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादीलाई प्रहरीले बाँके बाट पक्राउ गरेर ल्याएको छ ।जाजरकोटको जुनीचाँदी गाउँपालिका–५ का रेशमबहादुर बस्नेत बाँकेको कोहलपुरबाट पक्राउ परेका प्रहरीले जनाएको छ । जिल्ला अदालत जाजरकोटको लगत नम्बर ३२५ मा उच्च अदालत सुर्खेतले बस्नेतलाई १२ वर्ष कैद र एक हजार आठ सय रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। बस्नेत बाँकेको बैजनाथ गाउँपालिका–२ बाट पक्राउ परेको प्रहरीले जनाएको छ।
त्यस्तै औषधिको अनुचित मुद्धामा फरार अभियुक्त लाई पनि प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका सुचना अधिकारी प्रहरी निरीक्षक हरि राम डागीले जिल्ला अदालत वाट २७ दिन कैद र पाँच हजार रुपियाँ जरीवाना फैसला भई फरार रहेका भेरी नगरपालिका ३ का सुरज भन्ने भुगोल जंग शाह लाई पक्राउ गरि अदालतको आदेसले कारागार पठाईएको जानकारी दिनु भयो ।

तपाईको प्रतिक्रिया