
जनसन्देश सम्बाददाता
जाजरकोट, मंसीर २३ गते । सामाजिक विकास कार्यालय जाजरकोटले जाजरकोट जिल्लाको स्थायि वासीन्दा भई देसैभर अध्ययन गरिरहेका विद्यार्थिहरुका लागि छात्रवृत्तिको लागि आवेदन मागेको छ । आर्थिक वर्ष २०८२।०८३ को वार्षिक कार्यक्रम तथा वजेट अनुसार सुचना प्रकाशित गरेर आवेदन मागेको हो । सामाजिक विकास कार्यालय जाजरकोटका सुचना अधिकारी जगदीस उपाध्यायाले छोरी वुहारी छात्रवृत्ति अन्तरगत १० जना, उच्च शिक्षा अपाँग छात्रवृत्ति १० जना,,उच्च शिक्षा दलित छात्रृत्ति अन्तरगत १० जना का लागि आवेदन मागेको जानकारी दिनु भयो । यो आवेदनको म्याद २१ दिनको रहेको छ ।



जनसन्देश खबर । २३ मंसिर २०८२, मंगलवार १७:४८