शसस्त्र प्रहरीवल जाजरकोट द्धारा लागुऔषध दुव्र्यसन रोकथाम तथा नियन्त्रणका लागि प्रशिक्षण

सहदेव बस्नेत
जाजरकोट पुस २३ गते । शसस्त्र प्रहरी बल नेपाल गुल्म हे.क्वा. जाजरकोटले लागुऔषध दुव्र्यसन रोकथाम तथा नियन्त्रण सम्वन्धि प्रशिक्षण कक्षा सन्चालन गरेको छ । शसस्त्र प्रहरी बलको २५ औं स्थापना दीवस २०८२ को अवसरमा त्रिभुवन माद्यामिक विद्यालय भेरी नगरपालिका ३ थाप्लेमा कक्षा ८ देखि १२ कक्षा सम्मका विद्यार्थिहरुलाई उक्त प्रशिक्षण सन्चालन गरेको हो


शसस्त्र प्रहरी बल नेपाल गुल्म हे.क्वा. जाजरकोटका गुल्मपती डिएसपी सुजन थापाले शसस्त्र प्रहरी बलको २५ औं स्थापना दीवस २०८२ को अवसरमा औषध नियन्त्रण तथा रोकथाम सम्बन्धी अभिमुखीकरण तथा प्रशिक्षण दिएको जानकारी दिनु भयो ।
उक्त प्रशिक्षण कार्यक्रममा डिएसपी थापाले लागु औषधको परिचय, लागु औषधका प्रकार, दुव्र्यसनका कारणहरु, दुव्र्यसनका असर , दुव्र्यसन न्यनिकरणका उपायाहरु , कानुनी कारवाहीको प्रावधान आदी वारे विद्यार्थिहरुलाई प्रशिक्षण दिनु भएको थियो ।
भेरी नगरपालिका लागुऔषध दुव्र्यसनका हिसालवे वढि प्रभावित भएकाले यहाँका विद्यार्थिहरु लाई यस वारेमा प्रशिक्षण प्रदान गरिनु अत्यन्त प्रभावकारी रहेको त्रिभुवन माद्यामिक विद्यालयका प्रधानाध्यापक भक्त वहादुर मल्लले कार्यक्रमको प्रशंसा गर्नु भयो । धेरै जसो विद्यार्थिहरु समेत लागुऔषध दुव्र्यसनमा लागेकाले प्रशिक्षणले सचेतता हुने प्रअ मल्लले बताउनु भयो ।


अघाउनका लागि खाइने सबै चिजहरु खाना भएको बताउदै प्रशिक्षक थापाले लठ्याउने सबै चिजहरु लागुऔषध भएको बताउनु भएको थियो । कुनैपनि लागु औषधले थोरै खाए उत्तेजित बनाउने, अलि बढि खाए निधाउने, त्यो भन्दा बढि खाए बेहोस बनाउने र अझ बढि खाए मृत्यु गराउने भएकाले यसको नियन्त्रणका लागि सवै पक्ष जुट्नु पर्ने वारे प्रशिक्षण दिइएको थियो ।
प्रशिक्षण कार्यक्रममा त्रिभुवन माद्यामिक विद्यालयले व्यवस्थापन गरेकोमा प्रधानाध्यापक भक्त वहादुर मल्ल तथा विद्यालय परीवारमा शसस्त्र प्रहरी वल जाजरकोटले धन्यवाद व्यक्त गरेको छ ।

तपाईको प्रतिक्रिया