जाजरकोटमा हाइस गाडि दुर्घटना हुदा ७ जना घाइते

सहदेव बस्नेत, जाजरकोट, जेठ १३ गते ।
जाजरकोटमा हाइस गाडि दुर्घटना हुदा ८ जना घाइते भएका छन । छेडागाड नगरपालिका १३ कार्कीगाउँ देखि नेपालगंज तर्फ गइरहेको लु.प्र. ०१००१ ख ०१९७ नंवरको फोर्श गाडि आज विहान मध्यपहाडी सडक अन्तरगत भेरी नगरपालिका ८ चौखे ढुङ्गा भन्ने स्थानमा दुर्घटनामा परेको हो ।


जिल्ला प्रहरी कार्यालय जाजरकोटका सुचना अधिकारी सुधिर कुमार खड्काका अनुसार विहान आठ वजे दुर्घटना को खवर पाए लगत्तै प्रहरी चौकी जगतीपुर वाट घटना स्थलमा पुगेर घाइतेहरुलाई एम्वुलेन्स मार्फत जिल्ला अस्पतामल जाजरकोटमा ल्याएर उपचार भइरहेको जानकारी दिनु भयो । सवै घाइइतेहरुको खतरामुक्त रहेको जिल्ला अस्पताल जाजरकोटले जानकारी दिएको छ ।
गाडिमा सवार ८ जना मध्य गाडि चालक वर्ष २६ का खिम राज केसी सकुसल रहेको र अन्य सातै जना घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते हुने हरुमा भेरी नगरपालिका ७ का वर्ष २७ की भावना बिक, वर्ष २६ का आशिष बिक वर्ष २८ की ,तिर्सना बि.क. , वर्ष २५की लिला बिक रहनु भएको छ । त्यस्तै भेरी ९ का वर्ष २२ का कमल परियार , वर्ष २६ का कमल राज घर्ती , भेरी १० का वर्ष २७ की तुल्सा मल्ल शाही रहनु भएको छ ।
दुर्घटना कसरी भएको सम्वन्धमा थप अध्ययन भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया