जाजरकोटमा विश्व वातावरण दिवस २०२६ मालिका मन्दिर परिसरमा बिरुवा रोपेर मनाइयो

जनसन्देश सम्बाददाता
जाजरकोट, जेठ २२ गते । जाजरकोटमा यहाँको प्रशिद्ध मालिका मन्दिर परीसरमा वृक्षारोपण गरेर विश्व वातावरण दिवस २०२६ मनाइएको छ । डिभिजन वन कार्यालय जाजरकोटको आयोजनामा यार्सन जाजरकोटको लाइफ परियोजनाको समन्वयमा भएको उक्त वृक्षारोपण कार्यक्रममा विभिन्न प्रजातिका विरुवा रोपीएका छन ।
जाजरकोटका प्रतिनिधिी सभा सदस्य खडक वहादुर वुढाको प्रमुख अतिथ्यता र डिभिजन वन प्रमुख दीपेस केसीको अध्यक्ष्नतामा सम्पन्न दिवसको अवसरमा मन्दिर परीसरमा बुढाले समीको विरुवा लगाएर शुभारम्भ गर्नु भएको थियो ।
धार्मिक, वातावरणीय तथा सौन्दर्यमूलक महत्व बोकेका विभिन्न प्रजातिका बिरुवा रापीएको डिभिजन वन कार्यालयका प्रमुख दीपेस केसीले जानकारी दिनु भयो ।
उक्त वृक्षारोपणमा समी, कपुर, कल्की, टीमुर लगायत १ सय विरुवा रोपीएको छ ।
वृक्षारोपण कार्यक्रममा आफ्नो भनाई राख्नु हुदै प्रमुख अतिथि वुढाले वावरण संरक्षण मानव जातिकै लागि अत्यन्तै महत्वपुर्ण रहेकाले सवैले वातावरण संरक्षणमा लाग्न आहन गर्नु भयो । हामीले हरेक वर्ष वातावरणमा गरेको वृक्षारोपण कार्यक्रम वाट वातावरण संरक्षणमा टेवा पुगेको बुढाको भनाई थियो ।
उक्त स्थान नेपाली सेनाको परीसर भित्र पर्ने मन्दिर क्षेत्र भएकाले यहाँको विरुवा संरक्षण हुनेमा आफु विश्वस्त रहेको साँसद वुढाको भनाई थियो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख काली वहादुर खत्री, जाजरकोटका प्रमुख जिल्ला अधिकारी षडानन्द अधिकारी, काार्यालय प्रमुखहरु तथा नागरिक समाजको सहभागिता रहेको थियो ।
डिभिजन वन कार्यालय जाजरकोटका डिभिजनल प्रमुख दीपेस केसीले विश्व वातावरण दिसको अवसरमा प्रकृतिको संरक्षण र संवद्धनको लागि वृक्षारोपण कार्यक्रम गरिएको बताउनु भयो ।

विश्व वातावरण दिवस २०२६ जाजरकोटमा को अवसरमा डिभिजन वन कार्यालय जाजरकोटले वृक्षारोपण कार्यक्रम आयोजना गर्दै धार्मिक, वातावरणीय तथा सौन्दर्यमूलक महत्व बोकेका विभिन्न प्रजातिका बिरुवा रोपेर दिवस मनाएको छ।

मालिका मन्दिर परिसरमा आयोजित कार्यक्रम डिभिजन वन अधिकृत को अध्यक्षतामा सम्पन्न भएको थियो।

कार्यक्रम अन्तर्गत पिपल, स्वामी, बेल, श्रीखण्ड, कल्की, टिमुर लगायत धार्मिक तथा सौन्दर्यमूलक महत्वका करिब १०० वटा बिरुवा रोपिएको डिभिजन वन कार्यालयले जनाएको छ।


वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा प्राकृतिक सम्पदाप्रतिको जिम्मेवारीबोध अभिवृद्धि गर्ने उद्देश्यसहित आयोजना गरिएको कार्यक्रमले वातावरणीय चेतना फैलाउन महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।
वृक्षारोपण कार्यक्रममा सहभागीहरूले वातावरण संरक्षण केवल एक दिवसमा सीमित नभई दैनिकीसँग जोडिएको साझा दायित्व भएको उल्लेख गर्दै हरियाली संरक्षणमा सामूहिक प्रतिबद्धता व्यक्त गरेका थिए।

 

तपाईको प्रतिक्रिया