अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी सात वटै पालिकाका सामाजिक परिचालक र अन्य सरोकारवालासँग अभिमुखिकरण कार्यक्रम

जनसन्देस सम्बाददाता
जाजरकोट, जेठ ३० गते । शिक्षा विकास तथा समन्वय इकाई जाजरकोटले अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी जिल्ला स्थीत सात वटै पालिकाका सामाजिक परिचालक र अन्य सरोकारवालासँग अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । शनिवार कार्यालयको सभाहलमा आयोजित अभिमुखिकरण कार्यक्रममा सहभागिहरु विच सामुदायिक सिकाई केन्द्रको ऐतिहाँसकि पृष्ठ भुमि, नेपालका भएको विकास क्रम,सामुदायिक सविकासको लागि खेल्नु पर्ने भुमिका लगायतका विषयमा सहजकर्ताहरुले सहजिकरन गर्नु भएको थियो ।

अन्तरक्रियात्मक रुपमा सम्पन्न उक्त अभिमुसखिकरण कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख यज्ञेश्वर खत्री, प्रास तिलक भट्टराई, भेरी नगरपालिका शिक्षा , युवा तथा खेलकुद साखा प्रमुख प्रमोद विष्ट, गैर सरकारी संस्था महासँघ नेपाल जाजरकोटका अध्यक्ष सहदेव बस्नेत,त्रिभुवन मावि.का निवर्तमान शिक्षिका एवं योग प्रशिक्षक रेखा शाह ले विभिन्न विषयमा सहजीकरण गनुृ भएको थियो । कार्यालयका प्रास दलबिर पुनले अभिमुखिकरणले सहजकर्ताहरुका लागि आफ्नो भुमिका र निभाउनु पर्ने दायित्वका वारेमा स्पष्ट पारेको बताउनु भयो ।


कार्यक्रममा प्मुख अतिथि जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख काली वहादुर खत्रीले जिल्लामा सामुदायिक सकिाई केन्द्रले गरेका गतिविधहरु कार्यक्रम वाट एक अर्कामा जानकारी र अनुभव आदान प्रदान भएको बताउनु भयो । साथै प्रमुख अतिथि खत्रीले सवै सहभागिहरुलाई आफ्नो गाउँ टोलमा विद्यालय वाहीर रहेका वालवालिकाहरु को पहिचान गरि विदालयमा ल्याउन सहजकर्ताहरुलाई निर्देसन समेत दिनु भएको छ ।


काार्यलय प्रमुख यज्ञश्वर खत्रीले सवै सहजकर्ताहरु लाई आआफ्नो सिकाई केन्द्रलाई निर्देशिका अनुसार सन्चालन गर्न आग्रह गर्दै उदि सो अनुरुप सन्चालन गर्न नसकेमा आगाििम दिनमा निरन्तरता गर्न नसकिने जानकारी दिनु भयो । सामाजिक विकास कायाृलय जाजरकोटका प्रास जगदीश न्यौपानेले सामसदायिक सिकाई केन्द्रका लागि आफ्नो कार्यालय वाट पनि केही कार्यक्रमहरुमा सहजीकरन गर्ने प्रतिवद्धता गर्नु भएको थियो ।
कार्यक्रममा त्रिभुवन माद्यामिक विद्यालय खलंगाका प्रधानाध्यापक पार्वती थापाले विद्यालय छाड्ने विद्यार्थिहरु को घर परिवारमा आर्थिक अवस्था विपन्न भएका कारण हुने भएकाले त्यस्ता घर परिवारलाई आयआर्जन सँग जोड्न सकेमा अझ प्रभावकारी हुने धारणा राख्नु भएको थियो ।

तपाईको प्रतिक्रिया