
जनसन्देश सम्बाददाता
जाजरकोट, असार २ गते । भेरी नगरपालिकामा “लागत साझेदारीमा आधारित साक्षरता, अनौपचारिक शिक्षा तथा आजीवन सिकाइ कार्यक्रम सम्बन्धी सामुदायिक सिकाइ केन्द्रका परिचालक तथा सरोकारवालाहरू बीचको २ दिने अभिमुखीकरण कार्यक्रम” मंगलवार खलंगामा सम्पन्न भएको छ।
भेरी नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख प्रमोद विष्टले कार्यक्रममार्फत सामुदायिक सिकाइ केन्द्रहरूको भूमिका, साक्षरता तथा आजीवन सिकाइका अवसरहरू, स्थानीय तहको साझेदारी तथा प्रभावकारी कार्यान्वयनका विषयमा महत्वपूर्ण छलफल, अनुभव आदान–प्रदान र क्षमता अभिवृद्धि भएको बताउनु भयो ।

शाखा प्रमुख विष्टले सामुदायिक सिकाइ केन्द्रका परिचालक तथा प्राप्त ज्ञान, सीप र अनुभवले समुदायमा शिक्षा, साक्षरता र आजीवन सिकाइको अभियानलाई थप प्रभावकारी बनाउने विश्वास लिएको बताउनु भयो ।
“सिकाइ निरन्तर छ, समृद्ध समाज निर्माणको आधार पनि यही हो, प्रमुख विष्टको भनाई छ ”।
अभिमुखिकरण कार्यक्रममा गणेश सामुदायिक सिकाई केन्द्र भेरी न.पा. ३ , पुन्मा सामुदायिक सिकाई केन्द्र भेरी ७, जनविकास सामुदायिक सिकाई केन्द्र भेरी १० र जनउत्थान समुदायिक सिकाई केन्द्र भेरी १३ का वडा अध्यक्ष, व्यवस्थापन समितिका अध्यक्ष,सदस्यहरु, साुदायिक सहजकर्ता तथा सामाजिक परिचालकहरुको सहभागिता रहेको थियो ।
गणेश सामुदायिक सिकाई केन्द्र भेरी न.पा. ३ का व्यवस्थापन समिति अध्यक्ष प्रकाश चन्दले सवैको सामुहिक पहलमा विद्यालय वाहीर रहेका बालबालिकाहरुलाई पहिचान गरि विद्यालय पठाउन र सामुदायिक सिकाई मार्फत सन्चालन गरिने विभिन्न क्रियाकलापहरुका वारे सहभागिहरुमा छलफल भएको बताउनु भयो । 

जनसन्देश खबर । २ असार २०८३, मंगलवार २०:००