
जनसन्देश सम्बाददाता
जाजरकोट, असार ४ गते । भेरी नगरपालिकामा अभिभावक शिक्षा सम्बन्धी ३ दिने आधारभुत तालिम विहीबार सम्पन्न भएको छ ।

भेरी नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख प्रमोद विष्टले शिक्षा क्षेत्रमा अभिभावकहरुलाई पनि जिम्मेवारी वोध र संलग्नताका लागि यो तालिम आयोजना गरिएको बताउनु भयो ।
शाखा प्रमुख विष्टले सहभागिहरुले तालीम बाट प्राप्त ज्ञान, सीप ले शिक्षण सिकाई र विद्यालय व्यवस्थापनमा प्रभावकारी वनाउने प्रमुख विष्टको भनाई छ ।
तालिममा सेतो गुराँस नेपालका कार्यकारी निर्देशक राधा मल्लले सहनजीकरण गर्नु भएको थियो । तालिममा विद्यालयका शिक्षक, अभिभावक र विद्यालय व्यवस्थापन समितिका सदस्यहरुको सहभागिता रहेको थियो । भेरी नगरपालिकाका नगर प्रमुख चन्द्र प्रकाश घर्तिले तालिले सवै सहभागिहरुमा शिषा प्रतिको जिम्मेवारी वहनमा आआफ्नो भुमिका प्रष्ट पारेको बताउनु भयो ।


जनसन्देश खबर । ४ असार २०८३, बिहीबार १९:३९