कुशेको काफलपाटा स्वास्थ्य चौकीमा गर्ववति महिलाहरुका लागि भिडियो एक्सरे शिविर सम्पन्न

सहदेव बस्नेत
जाजरकोट, असार ६ गते । जाजरकोटको कुशे गाउँपालिकामा गर्भवति महिलाहरुका लागि शिविर मार्फत भिडियो एक्सरे सेवा प्रदान गरिएको छ । गर्भवति आमा तथा वच्चाको स्वास्थ्य अवस्थावारे जानकारी लिनका लागि उक्त भिडीयो एक्सरे सेवा प्रदान गरिएको जनाईएको छ ।


कुशे गाउँपालिकाको दुर्गम मानिने अधारभूत स्वास्थ्य सेवा केन्द्र काफलपाटमा कुशे गाउँपालिका स्वास्थ्य साखा सँगको समन्वयमा गर्भवती महिलाहरुको लागि ग्रामिण अल्ट्रासाउण्ड भिडियो एक्सरे शिविर वाट १३ जना गर्भवति महिलाहरुले सेवा प्राप्त गरेका छन । स्वास्थ्यचौकी टालेगाउँकी अनमी मनिषा हमालले वच्चा तथा आमाको स्वास्थ्य अवस्था र विकास क्रम वारे जानकारी लिनका लागि गर्भाअवस्थामा सामान्यतया ३ देखि ४ पटक सम्म परिक्षण गर्ने बताउनु भयो ।


स्वास्थ्यचौकी प्रमुख शेर वहादुर बस्नेतले यसरी ग्रामीण इलाकाका महिला हरुका लागि यसरी सेवा प्रदान गरिएको पहीलो पटक रहेको बताउनु भयो । यसरी सन्चालन गरिएको शिविर वाट सेवा लिएका गर्भवति आमाहरुको स्वास्थ्य अवस्थावारे जानकारी भएको प्रमुख बस्नेतले जानकारी दिनु भयो ।

तपाईको प्रतिक्रिया