
जनसन्देस सम्बाददाता
जाजरकोट, असार १० गते । लागु औषध दुरुपयोग तथा अवैध ओसार पसार विरुद्धको अन्तराष्टिय दिवस सप्ताहव्यापी रुपमा मनाउने क्रममा जाजरकोटमा विभिन्न सचेतनामुलक कार्यक्रम सन्चालन भइरहेका छन । जिल्ला प्रशासन कार्यालय जाजरकोटको अगुवाइमा सुरक्षा निकायहरु, विद्यालय,स्थानीय सरकार विभिन्न संघ संस्थाको आयोजनामा र समन्वयमा उक्त कार्यक्रमहरु भइरहेका हुन । सोही सन्दर्भमा बुधवार भेरी नगरपालिका स्वास्थ्य साखाको व्यवस्थावनमा खलंगा स्थीत शान्ति चौतारा वुपार्कमा सवारी चालक, सह चालकहरुको स्वास्थ्य परक्षिण (प्रेशर सुगर ) जाँच सम्पन्न गरिएको छ । त्यस्तै सोही स्थान वाट लागु औषध विरुद्धका सचेतनामुलक स्टीकर गाडीमा टाँस गरेर सचेतना अगाडि वढाइएको छ । पाँच तारा युवा संरक्षक मंच जाजरकोटकोको समन्वयमा जिल्ला प्रहरी कार्यालय जाजरकोटले उक्त स्टीकर निर्माण गरेर टाँस गरिएको हो ।

सोही अवसरमा आयोजित कार्यक्रममा जाजरकोटका प्रमुख जिल्ला अधिकारी षडानन्द अधिकारीले सवैको प्रयास र सहयोगले लागु पदार्थको अवैध ओासर पसार नियन्त्रण अभियान सफल हुने बताउनु भयो ।

लागु औषधको चुनौति चिनौं, सामाजिक समाधानको बाटो खोजो. भन्ने नाराका साथ जुन २० देखि २६ सम्म साताव्यापी रुपमा यो दिवस मनाउने गरिन्छ । अभियानको समापन असार १२ गते गरिने छ ।


जनसन्देश खबर । ११ असार २०८३, बिहीबार ०७:०७