
जनसन्देश सम्बाददाता
जाजरकोट, २०८३ असार ११ गते । जाजरकोटको नलगाड नगरपालिकामा ४ दिने मौरीपालन सम्बन्धी आधारभूत तालिम सम्पन्न भएको छ । स्थानिय स्तरमा स्वरोजगारका अवसरहरु सिर्जना गर्ने र कृषकहरुको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यका साथ कृषि क्षेत्रमा विगत लामो समय देखी क्रियाशील सँस्था लिवर्ड द्धारा सँचालित नेपाल परागसेचन परियोजनाको आयोजनामा ४ दिने मौरीपालन सम्बन्धी आधारभूत तालिम सम्पन्न भएको छ ।
नेपाल परागसेचन परियोजना डार्विन इनिसिटिभ (बेलायत सरकार), र्बिसटोल विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय, हर्ड इन्टरनेसनल नेपाल र लिवड सँस्था द्धारा सयुक्त रुपमा कार्यान्यन भइरहेको छ । नेपाल परागसेचन परियोजना जाजरकोट जिल्लाको भेरी र नलगाड नगरपालिकामा सन्चालनमा आइरहेको छ ।

ग्रामीण क्षेत्रका मौरीपालक कृषकहरुलाई परम्परागत मौरीपालन तरिकाबाट आधुनिक र व्यवसायिकतातर्फ आकर्षि गर्न यो तालिम संचालन गरिएको हो । उक्त तालिम नलगाड नगरपालिकाको वडा नम्बर १ मा २०८३ आसार २(५ गते सम्म संचालन भयो र नलगाड नगरपालिकाको वडा नम्बर ३ मा २०८३ आसार ६(९ गते सम्म सँचालन भयो । तालिममा मुख्यरुपमा ८० ५ भन्दा बढि महिलाको सहभागिता रहेको थियो । तालिममा कृषकलाई व्यवहारिक ज्ञान तथा शिप विकासका लागि मौरी फर्ममा भ्रमण गराई गोला निरीक्षण सम्बन्धी प्रशिक्षण प्रदान गरिएको थियो । तालिमा कुल ३२ जना मौरीपालक कृष समावेश भएका थिए । उक्त तालिमले मौरीपालक कृषकको ज्ञान तथा शिप अभिवृद्धी र मौरीपालनमा नविनतम प्रविधि र अभ्यासको ग्रहणमा सहयोग पुराउने देखिन्छ ।
तालिममा सहभागी कृषकहरुलाई मौरीपालनका आधुनिक प्रविधि र ज्ञान बारेमा विस्तृत जानकारी दिइएको थियो । मुख्य प्रशिक्षणका बुँदाहरु यस प्रकार थिएः
मौरीपालनको परिचय र यसको महत्व
नेपालमा पाइने मौरीका जातहरु, जातिष्य विशेषता
मौरीको जिवन चक्र, वर्ग र कार्य विभाजन
आधिुनिक मौरीपालनका लागि आवश्यक सामाग्रीहरु
मौरीगोला निरीक्षण
म्हिना अनुसार मौरीगोला व्यवस्थापन
कृत्रिम आहारा बनाउने र खुवाउने विधि
मौरी गोलामा हुने हुल निर्यास तथा गृहत्याग र तिनको व्यवस्थापन
मौरी चरण परिचय, महत्व, चरण नक्शाङन, चरण क्षमता, चरण पहिचान र नमुना आहारा पात्रो निर्माण
मौरीका रोग, किरा र शत्रु व्यवस्थापन
व्यवसायिक मौरीपालन योजना तयार तथा आभ लागत विश्लेषण
परम्परागत घारबाट आधुनिक घारमा मौरी सार्ने तरिका

आधिुनिक प्रविधिले कृषकको आम्दानी दोब्बर बनाउन सक्छ
तालिमको समापन सत्रमा बोल्दै लिवर्डका प्रतिनिधि ओपेन्द्र योगी ले भन्नुभयोःमौरीपालन कम लगानी र थोरै जमिनमा पनि राम्रो आम्दानी दिन सक्ने व्यवसाय भएकाले यसले ग्रामीण अर्थतन्त्रमा ठूलो टेवा पुराउनेछ । मौरीपालनले परागसेचन र कृषि बाली उत्पादनमा ठूलो भुमिका खेलेको हुन्छ ।
तालिममा सहभागी स्थानीय कृषकहरुले परम्परागत रुपमा गरिरहेको मौरीपालन व्यवसायलाई अब आधुनिक तथा वैज्ञानिक ढंगले अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरे । तालिमको अन्त्यमा सहभागी कृषकहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।


जनसन्देश खबर । १२ असार २०८३, शुक्रबार ०९:४०