
जाजरकोट, असार १५गते ।
जनसन्देश सम्बाददाता, जाजरकोटमा आज असार १५ धान दिवस तथा रोपाई दिवस विभिन्न स्थानमा मनाइएको छ । जलवायूमैत्री प्रविधि, धानमा आत्मानिर्भरता र सम्बृद्धि भन्ने नाराका साथ धान दिवस मनायएको हो । सोही क्रममा कृषि विकास कार्यालय जाजरकोट र शिव माध्यमिक विद्यालय कालेगाउँको समन्वयमा भेरी नगरपालिका १ कालेगाउँमा मनाइएको छ । त्यस्तै भेरी नगरपालिकाको आयोजनामा भेरी नगरपालिका ३ स्याँलामा रोपाइ दिवस मनाइएको छ । त्यस्तै जिल्लाका अन्य सातवटै पालिकामा पनि धान दिवस मनाईएको छ ।




जनसन्देश खबर । १५ असार २०८३, सोमबार २०:०१