
जनसन्देश सम्बाददाता
जाजरकोट, साउन ७ गते । लाइफ परियोजना अन्तरगत स्थानिय तहमा कार्यरत प्राविधिक कर्मचारीका लागि सुरक्षीत संरचना निर्माण सम्वन्धी अभिमुखिकरण सम्पन्न गरिएको छ । जस अन्तरगत जाजरकोटको भेरी नगरपालिका र रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा कार्यरत प्राविधिक कर्मचारहिरुका लागि अभिमुखिकरण गरिएको हो ।

कारितास जर्मनी , कारितास नेपालको सहयोगमा युवा जागरण विकास केन्द्र नेपाल ( यार्सन ) जाजरकोटको साझेदारिमा सन्चालित भूकम्प पुर्व तयारी विपद जोखिम न्यूनिकरणका लागि स्थानीय पहल लाइफ परियोजना अन्तरगत यो क्रियाकलाप सम्पन्न गरिएको हो । भेरी नगरपालिकाको सभाहलमा सम्पन्न अभिमुखिकरण तालिमको क्रममा पालिकामा कार्यरत प्राविधक जनशक्तिको सहभागिता रहेको थियो । अभिमुखिकरण कार्यक्रममा सहभागिहरुलाई सघन शहरी तथा भवन निर्माण आयोजनाजाजरकोटका इन्जिनियर पुर्ण प्रशाद शर्माले प्रशिक्षण गर्नु भएको थियो । जस अन्तरगत जाजरकोट, रुकुम पश्चिम वहुविपदको जोखीममा रहेको सन्दर्भमा कसरी सुरक्षीत संरचना निर्माण गर्ने विषयमा सहजीकरण गरिएकको थियो ।
कार्यक्रममा यस अभिमुखिकरणको औचित्य वारे कारितास नेपालका वरिष्ठ कार्यक्रम संयोजक हेम राज भट्टले प्रष्ट पार्नु भएको थियो । जस अन्तरगत जाजरकोट भूकम्प प्रभावितहरुको पुर्ननिर्माणको सन्दर्भमा हामी सवैको समन्वय तथा साझेदारिमा लाभग्राहीहरुको भुक्मप् प्रतिरोधि सुरक्षीत आवास निर्माणमा सहयोग पुग्ने विश्वासका साथ अभिमुखिक।ण आयोजना गरिएको जानकारी गराउनु भएको थियो ।
प्रशिक्षणको क्रममा सुरक्षीत संरचना निर्माणका लागि सुरक्षीत स्थान छनौट देखि सम्पन्न गरुन्जेल सम्मका प्रक्रिया विधि, तरिका वारे सहजीकरण गरिएको थियो । नेपाल सरकार द्धारा निर्धारण गरिएका आवास निर्माण कोड र डिजाइनका वारेमा छलफल गरिएको थियो । त्यस्तै पालिकाको सुरक्षीत संरचना निर्देशिका निर्माण गरेर अगाडि वढ्ने विषयमा पनि छलफल गरिएको थियो।

यार्सन जाजरकोटका कार्यकारी निर्देशक सहदेव बस्नेतले लाइफ परियोजना अन्तरगत स्थानिय तहको क्षमता अभिमृद्धि अन्तरगत दुई वटै पालिकमा कार्यरत प्राविधिक कर्मचारीहरुलाई भूकम्प प्रतिरोधि भवन निर्माणकोे पुर्नताजगीको लागि अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।परियोजना जाजरकोटको भेरी नगरपालिका र रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा सन्चालन भइरहेको बस्नेतले जानकारी दिनु भयो ।

जनसन्देश खबर । ८ श्रावण २०८३, शुक्रबार ०७:५८