
जनसन्देश सम्बाददाता
जाजरकोट, साउन ८गते ।
युवा जागरण विकास केन्द्र नेपाल यार्सन जाजरकोट,र जिल्ला प्रहरी कार्यालय जाजरकोटको साझेदारिमा विपद प्रतिकार्य उद्धार नमुना अभ्यास तथा सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ । कारितास , जर्मनी, कारितास नेपाल को साझेदारिमा युवा जागरण विकास केन्द्र नेपाल( यार्सन जाजरकोट द्धारा सन्चालित भूकम्प पुर्वतयारी विपद जोखिम न्यूनिकरणका लागि स्थानिय पहल लाइफ परियोजना अन्तरगत नगरपालिका–१ पिपेस्थित बागेश्वरी आधारभूत विद्यालयमा विपद् प्रतिकार्य उद्धार नमुना अभ्यास तथा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।
भेरी नगरपालिका–१ का वडा अध्यक्ष दीपक रानाको अध्यक्षता तथा जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायव उपरीक्षक बुद्धिसागर पुरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि, वडा स्तरीय विपद व्यवस्थापन समिति, समुदायस्तरीय विपद व्यवस्थापन समिति, गैरसरकारी संस्थाका,टोलविकास संस्थाका प्रतिनिधि, सुरक्षाकर्मी तथा स्थानीय नागरिकहरुको सहभागिता रहेको थियो।
कार्यक्रममा रेडक्रस सोसाइटि जिल्ला साखा सभापति हरी बस्नेत र कर्णाली प्रदेश विपद व्यवस्थापन अधिकृत भोजराज ओझाले भूकम्पका बेला अपनाउनुपर्ने सुरक्षित उपाय, कार्डियो पल्मोनरी रिससिटेसन ( सीपीआर)सम्बन्धी नमुना अभ्यास द्धारा प्रशिक्षीत गराउनु ु भएको थियो ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय जाजरकोटको तर्फवाट ग्यास सिलिण्डरबाट हुन सक्ने आगलागी नियन्त्रणका लागि आवस्यक विधिको प्रयोगात्मक प्रदर्शन, विपद् व्यवस्थापन तथा उद्धारमा प्रयोग हुने सामग्रीबारे जानकारी प्रदान गरिएको थियो। साथै स्थानीय स्रोत–साधनको प्रयोग गरी आपतकालीन अवस्थामा स्ट्रेचर निर्माण तथा प्रयोग गर्ने अभ्यास गरिनुका साथै जंगली विषालु च्याउ सेवनबाट हुने जोखिम र त्यसबाट बच्ने उपायबारे पनि सहभागीलाई सचेत गराइएको थियो।
विपद्को समयमा अपनाउनुपर्ने सावधानी, उद्धार तथा प्रतिकार्य क्षमताको विकास गर्दै समुदायस्तरमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरिक्षक डिएसपी बुद्धि सागर पुरीले वहु विपदको जोखीममा रहेको यस स्थानमा विपद सम्वन्धि सचेतना तथा कृतिम अभ्यासले समुदायलाई विपद जोखिम वाट न्यसनिकरणमा सहजता पुग्ने बताउनु भयो । विपद एक्कासी आउने हुनाले हामी सवैको सहकार्यमा यस लाई न्यसनिकरण गनुृ आवस्यक रहेको डिएसपी पुरीको भनाई थियो ।

युवा जागरण विकास केन्द्र नेपाल .यार्सन जाजरकोटका कार्यक्रम निर्देशक सहदेव बस्नेतले लाइफ परियोजना अन्तरगत समुदायमा विपद् जोखिम न्यूनीकरणका लागि विभिन् सचेतना मुलक कार्यक्रम अन्तरगत पुर्व सचेतना, पूर्वतयारी अभ्यास गरिएको जानकारी दिनु भयो । सबै सरोकारवालाबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिइनेछ।समुदायमा विपद आइपर्दा पहिलो उद्धारकर्ता समुदायनै भएकाले समुदायलाई ज्ञान सचेतना अभिवृद्धिका लागि कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।
कार्यक्रममा भेरी नगरपालिका १ का वडा अध्यक्ष दीपक रानाले यस्ता खाले यस्ता अभ्यासले विपद्का बेला आफू र समुदायको सुरक्षा सुनिश्चित गर्न आवश्यक ज्ञान तथा सीप हासिल गर्न सहयोग पुगेको बताउनु भयो ।

जनसन्देश खबर । ९ श्रावण २०८३, शनिबार ०८:३२