
जनसन्देश सम्बाददाता
जाजरकोट, साउन २९
भेरी नगरपालिका अन्तर्गत नगर अनुदान शिक्षकलाई सेवाबाट हटाइएको विषयमा भेरी नगर अनुदान शिक्षक समितिले नगरपालिकाको ध्यानाकर्षण गराउँदै आन्दोलनको कार्यक्रम घोषणा गरेका छन ।
यस निर्णयको प्रत्यक्ष असर शिक्षकको पेशागत हकहितमा मात्र होइन, विद्यालयको पठनपाठन र विद्यार्थीको भविष्यमा समेत परेको भन्दै उक्त ध्यानाकर्षण गरिएको हो । शिक्षक अभावका कारण कतिपय विद्यालयमा विषयगत पढाइ पूरा हुन नसकी विद्यार्थीहरू निराश हुँदै घर फर्कनुपर्ने अवस्था अत्यन्त गम्भीर र संवेदनशील विषय हा, ध्यानाकर्षण पत्रमा उल्यख गरिउको छ।
नेपाल शिक्षक महासङ्घ शिक्षकको पेशागत अधिकार, रोजगारीको सुरक्षा र गुणस्तरीय सार्वजनिक शिक्षाको पक्षमा दृढतापूर्वक उभिन्छ ।
नेपाल शिक्षक महासघ भेरी नगरपालिका अध्यक्ष रुद्र बहादुर वलीले हटाइएका नगर अनुदान शिक्षकलाई पुनःस्थापनाको माग गर्नु भएको हो । अनुदान शिक्षक स)घर्ष समितिका संयोजक खुम वहादुर विकले तत्काल शिक्षकहरुलाई पुर्नवहाली गरि विद्यार्थिको पठनपाठन लाई सुचारु गर्नु पर्ने वताउनु भयो । विद्यालयमा देखिएको शिक्षक अभावको तत्काल समाधान गर्न तथा सम्बन्धित पक्षसँग सार्थक संवाद र वार्तामार्फत न्यायोचित निकास खोज्न भेरी नगरपालिकाको गम्भीर ध्यानाकर्षण गराउँदछौँ।

भेरी नगरपालिका जाजरकोटले एकै पटक ४४ जना नगर अनुदन शिक्षक हटाउँदा विद्यालयको पठन पाठन प्रभावित हुने भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान वाट आएको पत्र लाई कार्यान्वयन गर्दै नगर पालिकाले जेठ २२ गते पत्र लेख्दै २०८३ जेठ २५ गते देखि लागु हुने गरि नगर अनुदान शिक्षकहरुलाई पठन पाठनमा नलाउन विद्यालयलाई पत्राचार गरेको थियो ।
नगरपालिकाको उक्त पत्रका कारन नगर अनुदान कोटा वाट सन्चालन हुदै आएका यहाँका अधिकाँस विद्यालयमा अव पठन पाठन प्रभावित भएको छ । नेपाल शिक्षक महासँघ जाजरकोटका अध्यक्ष आशा शाह कार्कीले पढाइको मुखैमा आएर एक्कासी वैकल्पीक व्यवस्थापन विना शिक्षकहरु हटाइनु वालवालिकाहरुको भविश्य प्रति खेलवाड भएको बताउनु हुन्छ । नगरपालिकाले गरेको यस पत्राचार सँगै भेरि नगरपालिका भित्र रहेका ५५ वटा सामुदायिक बिध्यालयहरुलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा असर पारेकोे देखिन्छ्।
सरस्वति मा.वि पुन्माका विद्यालय व्यवस्थापन समिति अध्यक्ष बीराजन शाहीले नगरपालिकाको निर्णय शिक्षा क्षेत्रका लागि निकै अन्यायपुर्ण र अव्यवहारिक रहेको बताउनु भयो ।

जनसन्देश खबर । ३० श्रावण २०८३, शनिबार ०७:५८