बालिका तथा समावेशी शिक्षा सम्बन्धी एक दिने पालिका स्तरीय कार्यक्रम कुशेमा सम्पन्न

 

 

जनसन्देश सम्बाददाता
जाजरकोट, साउन २९ गते । बालिका तथा समावेशी शिक्षा सम्बन्धी एक दिने पालिका स्तरीय कार्यक्रम कुशेमा सम्पन्न भएको छ । युवा जागरण विकास केन्द्र नेपाल जाजरकोटको आयोजनामा कुशे गाँउपालिका ६ भार्मामा बिहीबार बालिका तथा समावेशी शिक्षा सम्बन्धी एक दिवसीय कार्यक्रमको जानकारी तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । गाँउपालिका उपाध्यक्ष देविका कुमारी सिंहको सभाध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा परियोजना वारे जानकारी गराइनुका साथै समावेशि शिषा र सवैका लागि शिक्षका सम्वन्धमा जानकारी गरिएको थियो ।
ब्ब्ऋऋभ्क्क् परियोजना अन्र्तगत कार्यक्रमको आयोजना गरिएको यार्सन जाजरकोटका कार्यक्रम ब्यवस्थापक सहदेव बस्नेतले जानकारी दिनुभयो ।

परियोजना कुशे गाँउपालिकाको ३ वटा विद्यालय छनौट गरि गतिविधि सञ्चालन भइरहेका छन । वडा २ मा रहेको मान्नेढुङ्गा मा.वि. टालेगाँउ, वडा नम्बर ६ मा रहेको दिपेन्द्र मा.वि. घरङ्गा र वडा नम्बर ९ मा रहेको जनता मा.वि. पैंक लाई छनौट गरेर कार्यक्रम अगाडि वढाईएको छ ।
पालिका स्तरीय न्भ्क्ष्ल् गठन, विद्यालय स्तरीय न्भ्क्ष्ल् गठन प्रक्रिया तथा काम कर्तब्य र अधिकार, बालिका तथा समावेशी शिक्षाका लागि आवश्यक पर्ने क्षेत्र पहिचान गरि प्रभावकारी कार्यान्वयन गर्ने, अपाङ्गता भएका बालबालिका, सिमान्तकृत, दलित, हलिया परिवारका बालबालिकाहरुको शैक्षिक पहुँच तथा शिक्षामा सुधार गरि स्पष्ट जिम्मेवारीवोध तथा बुझाइ अभिवृद्धि सहित समावेशीकरणका पक्षहरुको पहिचान र सुदृढ गर्ने विषयमा सहजीकरण गरिएको हो ।


बालिका तथा समावेशी शिक्षाका लागि गाँउपालिका सदैव प्रतिवद्ध रहेको बताउनु हुदै उपाध्यक्ष सिंहले सबैजना लाई हातेमालो गरि अगाडी बढ्नका लागि आब्हान गर्नु भएको थियो । पालिकाको समग्र विकासमा साझेदार निकायको महत्वपुर्ण योगदान रहेको छ, यार्सन जाजरकोटले बालिका तथा समावेशी शिक्षाका लागि सञ्चालन गर्न लागेको यो कार्यक्रमले थप टेवा पुग्ने कुरामा मैले विश्वास लिएको छु –उपाध्यक्षले भन्नुभयो । हामीले निर्देशिका बमोजिम पालिका स्तरीय जिइआइएन गठन समेत भैसकेको छ ।


शिक्षाको अधिकार, समावेशीकरण, अपाङ्गता समावेशीकरण, बालिकाको शिक्षा,विभेदको रोकथाम,स्थानीय शिक्षा योजना, सामुदायिक सचेतना अभियान लगायतका गतिविधि सञ्चालन गरिने कार्यक्रम संयोजक सहदेव बस्नेतले जानकारी गराउनु भयो । कार्यक्रमको समयावधि ३ महिना रहेको छ । युरोपियन युनियनको आर्थिक सहयोगमा सञ्चालन भैरहेको यो ब्ब्ऋऋभ्क्क् परियोजना कार्यक्रम पिपल इन निड, शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल, नेपाल अपाङ्ग महिला संघ र एकाउन्टीविलीटी ल्याव (एएलएन नेपाल )कन्सोरटियम पार्टनरका रुपमा रहेका छन् । त्यसै गरि वालिका तथा समावेशि शिक्षा सन्जालको वैठक वसी कार्ययोजना निर्माण गर्नुका साथै संजालको कार्यविधि २०८३ समेत प्रस्तुत गरिएको छ ।


वडा नम्बर २ का वडा अध्यक्ष मान बहादुर सिंह, वडा नम्बर ६ का सदस्य लाल बहादुर सिंह, वडा नम्बर ९ का सदस्य जानका खड्का, निमित्त प्रमुख प्रशासकीय अधिकृत तुल बहादुर डागी,शिक्षा युवा तथा खेलकुद शाखाका निमित्त प्रमुख निरज बहादुर सिंह, प्रशासकीय अधिकृत भुवन आचार्य,भार्मा प्रहरी चौकीका ईन्चार्ज प्रसनि गुरुदयाल थारु, शैक्षणिक श्रोत ब्यक्ति जनक बहादुर शाही, नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ जाजरकोटका जिल्ला कार्यक्रम अधिकृत कृष्ण तिरुवा, दिपेन्द्र मा वि. घरङ्गाका प्रधानाध्यापक दीप बहादुर शाही, रेडियो पृथ्वी एफ.एम. भार्माका स्टेशन म्यानेजर सुरिता बस्नेत लगायत सरोकारवालाको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया