जाजरकोट रिसाङ पहिरोपीडितको परिवारलाई कर्णाली प्रदेश समाज दक्षिण कोरियाको सहयोग हस्तान्तरण

जाजरकोट, भदौ १० गते । । गत साउन २९ र३० गते भेरी नगरपालिका २ रिसाङमा पहिरोका कारण ज्यान गुमाएका तथा पूर्ण रूपमा घर पुरिएका २० परिवारलाई कर्णाली प्रदेश समाज दक्षिण कोरियाले करिब ५४ हजार रुपैयाँ बराबरको राहत सामग्री सहयोग हस्तान्तरण गरिएको छ।

कर्णाली प्रदेश समाज दक्षिण कोरियाको सहयोग तथा यार्सन जाजरकोटको समन्वयमा पहिरोपीडित परिवारलाई राहत सामग्री हस्तान्तरण गरिएको हो। यार्सन जाजरकोटका कार्यकारी निर्देशक सहदेव बस्नेतले पीडित प्रत्येक परिवारलाई २५ किलो चामलको एक बोरा, ३ किलो दाल र १ लिटर तेल वितरण गरिएको जानकारी दिनुभयो।

कर्णाली प्रदेश समाज दक्षिण कोरियाका वरिष्ठ उपाध्यक्ष प्रेमकला विक र उपाध्यक्ष कर्ण कार्कीको समन्वयमा राहत सामग्री जुटाइएको निर्देशक बस्नेतले बताउनुभयो। कर्णाली प्रदेश समाज दक्षिण कोरियाका वरिष्ठ उपाध्यक्ष प्रेमकला विकले विपदको यस घडिमा पीडित परिवारका लागि दुखको वेलामा सानो सहयोग रहेको बताउनु भयो ।

राहत सामग्री हस्तान्तरण कार्यक्रममा भेरी नगरपालिकाका नगर प्रमुख चन्द्रप्रकाश घर्ती, उपप्रमुख सीता जैसी, सहायक प्रमुख जिल्ला अधिकारी भलाराम पंगाली, पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटका अध्यक्ष छवि पन्त तथा एनएनडिएसडब्लुओ जाजरकोटका जिल्ला कार्यक्रम अधिकृत कृष्ण तिरुवा, पत्रकार लगायतको उपस्थिति रहेको थियो।

यार्सन जाजरकोटका अध्यक्ष अमर सिंह राठौरले पहिरोबाट घरबारविहीन भएका परिवारलाई विपद्को समयमा तत्काल खाद्यान्न सहयोग पुगोस् भन्ने उद्देश्यले राहत सामग्री वितरण गरिएको बताउनु भयो । भेरी नगरपालिकाका नगर प्रमुख चन्द्र प्रकाश घर्तिले विपदको वेला सहयोग गर्ने सवै निकायहरुलाई धन्यवाद दिनु भएको थियो । नगरपािलकाका उप प्रमुख सीता जैसीले पीडितको अवस्था हेरेर सवैले सहयोग गरेकाले पीडितहरुलाई ढुक्क रहना आग्रह गर्नु भएको थियो

 

तपाईको प्रतिक्रिया