आइ एन एफ नेपाल द्धारा जाजरकोट पहिरो पीडित परीवालाई राहत सहयोग

जनसन्देश सम्बाददाता
जाजरकोट, भदौ १२ गते । आइ एन एफ सुर्खेतले जाजरकोट रीसाङका पहिरो प्रभावित परिवारलाई राहत प्याकेज हस्तान्तरन गरेको छ । गत साउन २९ र ३० गते आएको पहिरो वाट घर वास गुमाएका परिवारका लागि राहत प्याकेज भेरी नगरपालिका सँगको समन्वयमा वितरन गरिएको हो ।
आइ एन एफ नेपाल जाजरकोटका परियोजना अधिकृत देवी प्रसाद प्याकुरेलले संस्थाले जिल्ला विपद व्यवस्थापन समिति, भेरी नगरपालिका, गैर सैरकारी संस्था महाससँघ नेपालको समन्वयमा ८२ घर परिवार लाई राहत प्याकेज वितरन गरिएको जानकारी दिनु भयो । जसमा ५० जना पीडितहरुका लागि समग्र प्याकेज, २२ जना गर्भवति र सुत्केरीका लागि खाद्यान्न सहयोग, सरसफाई तथा स्वच्छता सामाग्री सेट १० जना अपाँगता भएका हरुका लागि र एक वृद्ध अपाँगता भएका परिवारका लागि एक ग्याँस चुल्हो सहितको सीलीण्डर हस्तान्तरन गरिएको जानकारी दिनु भयो । ७ लाख २६ हजार ३९० वरावरको सामाग्री वितरन गरिएको अधिकृत प्याकुरेलले जानकारी दिनु भयो ।


त्यस्तै संस्थाले नलगाड नगरपालिका १० का तासुगाड खोलाले घर वगाएका परिवारका लागि अस्थायि आवासका लागि जस्ता लगायतका सामाग्ी सहयोग गरेको छ । १२ सेट जस्तापाता लगायतका ६ लाख २२ हजार ६ सय वरावारका सामाग्री उपलव्ध गराईएको हो ।
भेरी नगरपालिकाका नगर उपप्रमुख सीता जैसीले सहयोगी संस्था आइएनएफ नेपाल ले गरेको पहिरो पीडित नागरिकको सहयोगका लागि प्रशंसा गर्नु भएको छ । यस सहयोगले पीडित परिवारमा मलम पट्टी लगाउन सहयोग मिल्ने उपप्रमुख जैसीको भनाई छ । गैर सरकारी संस्था महासँघ नेपाल जाजरकोटका अध्यक्ष सहदेव बस्नेतले संस्थाले पहिरो पीडित परीवारका लागि गरेको राहत प्याकेज सहयोगले त्यहाँका पीडित परीवारका लागि ठुलो राहत मिलेको बताउनु भयो ।

तपाईको प्रतिक्रिया