
जनसन्देश समाचारदाता
जाजरकोट, भदौ १९ गते । जाजरकोट रिसाङ गाउँका पहिरो पििडतहरु लाई आफ्नो थातथलो छाड्नु पर्ने होकी भन्ने चिन्ताले सताउन थालेको छ । गत साउन ३० गते आएको पहिरोले सो स्थानका ४ जनाको मृत्यू भएको थियो भने करीव ३ सय घर परीवार जोखिम अवस्थामा गएका थिए । त्यस्तै पहिरोले १४ घर परिवारका घर तथा अस्थायि टहरा पुर्ण रुपमा ध्वस्त भएका थिए ।
घटना घटेलगत्तै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट भूगर्भविद्सहितको टोली प्रभावित क्षेत्रमा पुगेको थियो। प्राधिकरणका उपसचिव सुरेश सुनारले अध्ययन टोलीले गरेको स्थलगत अध्ययनबाट सो बस्ती तत्कालका लागि अस्थायि रुपमा समेत बस्न योग्य नरहेको प्रारम्भिक निष्कर्ष निकालेकोे जानकारी दिनु भयो ।

‘भूगर्भविद्को टोलीले गरेको स्थलगत अनुगमनबाट सो क्षेत्रमा रहेका सम्पूर्ण घरहरू जोखिममा रहेको र ‘पहिरो प्रभावित क्षेत्रको अवस्था हेर्दा नागरिकलाई अस्थायी रूपमा राखिएको क्षेत्र नै सुरक्षित सुनारले जानकारी दिनु भयो
यसरी वस्तीनै सार्नु पर्ने हल्ला सुने पछि रिसाङ गाउँकी ६० वर्षीया चन्द्रकली विकलाई आफ्नो पुर्खा देखि वस्दै आएको थातथलो छाड्नु पर्ने चिन्ताले पीरोली रहेको छ । ७० वर्षका लोक वहादुर वली पहिरो वाट ३ वटा घर वगेको र अव घर वनाउने सुरक्षीत स्थान समेत नभए पछि कहाँ गएर वस्ने चिन्ताले रातभरी निद्रा लाग्न छाडेको बताउनु हुन्छ ।
३० साउनको अविरल वर्षापछि आएको पहिरोले सुरक्षीत आवसा निर्माण गरेर वस्ने उनीहरूको आशामाथि निरासा ल्याइदिएको छ । पुनर्निर्माण भएर स्थायी आश्रय बन्ने प्रतीक्षामा रहेका यहाँका पहिरो पीडितहरु घरसँगै घर बनाउने जमिन नै पहिरोले बगाएपछि अब कहाँ जाने भन्ने अन्योलमा रहेका छन्।

भेरी नगरपालिका विपद सखा प्रमुख यज्ञनाथ गौतमले हाल अस्थायि रुपमा सेल्टरमा १ सय ३३ बालबालिका, पाँच गर्भवती महिला र पाँच अपांगता भएका व्यक्ति वसीरहेका जानकारी दिनु भयो । पहिरोका कारण ३ सय २३ घर प्रभावित भएका र रिसाङका १२, स्याँलाको एक र कोलचौरको एक गरी १४ घर पूर्ण रूपमा क्षतिग्रस्त भएको साखा प्रमुख गौतमले जानकारी दिनु भयो ।

जनसन्देश खबर । १९ भाद्र २०८३, शुक्रबार १२:२३