
जनसन्देश सम्वाददाता
जाजरकोट, असोज २३ गते । जाजरकोटको कुशे गाउँपालिकामा रहेका ३ वटा विद्यालयमा एक्सेस परियोजना अन्तरगत बालिका तथा समावेशि शिक्षा सम्वन्धि सचेतनाका लागि विद्यालय स्तरमा वक्तृत्व कार्यक्रम सम्पन्न भएको छ । युरोपियन यूनीयनको आर्थिक सहयोगमा सन्चालित एक्सेस परियोजना अन्तरगत यार्सन जाजरकोटको आयोजनमा कुशे गाउँपालिकाका ३ वटा विद्यालयमा सन्चालन हुदै आएको यार्सन जाजरकोटका कार्यक्रम व्यवस्थापक सहदेव बस्नेतले जानकारी दिनु भयो ।

बालिका तथा समावेशि शिक्षाका लागि समुदायको भुमिका विषयमा रहेको वक्तृत्व प्रतियोगिता श्री दिपेन्द्र मा.वि कुशे ६ घरंगा, जनता मा.वि. कुशे ९ पैंक र मान्ने ढुँगा मा.वि. कुशे २ टालेगाउँमा उक्त वक्तृत्व प्रतियोगिता सम्पन्न गरिएको हो । वक्तृत्व प्रतियोगितामा शिक्षक, अभिभावक, जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र विद्यालयमा बालबालिकाहरुको सहभागिता रहेको जनाईएको छ । वक्तृत्व प्रतियोगितामा ३ वटा विद्यालयमा गरि ५१ जना बालबालिकाहरुले भाग लिएका थिए । वक्तृत्व प्रतियोगितामा सहभागि विद्यार्थिहरुले बालकिा तथा समावेशि शिक्षा मा अभिभावकहरुको महत्वपुर्ण भुमिका रहने भएकाले यसको लागि अभिभावक जागरुक हुनु पर्ने धारणा राखेका थिए ।
त्यस्तै उनिहरुले समावेशि शिक्षाका लागि विद्यालयको पुर्वाधार समावेशि पहुचयुक्त , विद्यालयको वातावरण समावेशि, बालिकाहरुका लागि छुट्टै शौचालय, महिनावारी भएका वेला रेष्ट रुम,अपाँगमैत्री कक्षकोठा तथा पठनपाठनका लागि सवै अभिभावकहरुले भुमिका खेल्नु पर्ने धारणा राखेका थिए । त्यस्तै उनिहरुले छोरीलाई शिक्षा प्राप्तीका लागि अभिभावकहरु सचेत हुनु पर्ने समेत धारणा अभिव्यक्त गरेका थिए ।

प्रतियोगितामा स्थान प्राप्त बालबालिकाहरुलार्य शैक्षीक तथा स्टेसनरी सामाग्रीहरु पुरुस्कार स्वरुप उपलव्ध गरायएको थियो । यस्ता खाले कार्यक्रमले समावेशि शिक्षमा निकै सचेतना र जागरुकता ल्याउने विद्यालय व्यवस्थापन समितिको भनाई रहेको थियो ।परियोजना अन्तरगत एकाउन्टीबीलीटी ल्यब, पीन, एनसइ.नेपाल र एनडीडव्लुए को सहकार्य रहेको छ।



जनसन्देश खबर । २४ आश्विन २०८३, शनिबार २०:०४