
जनसन्देश सम्बाददाता ।
जाजरकोट , कार्तिक १४ गते। जाजरकोटको खलंगामा रोशन, विक्रान्त स्मृति कप खुला फुटबल प्रतियोगिता हुने भएको छ । “लागु औषध त्यागौ, खेलकुदमा लागौ” भन्ने मुल नाराका साथ यूनाइटेड युथ क्लबको आयोजनामा संचालन हुने प्रतियोगिता आउदो कात्तिक १५ गतेदेखि त्रीभुवन मा.वि. खलंगाको खेल मैदानमा हुनेछ ।
स्थानीय स्तरमा फुटबल खेलको पहुँच अभिवृद्धि गर्ने र ब्यवसायिक फूटबल खेलको बिकासमा थप टेवा पुर्याउने उदेश्यका साथ प्रतियोगिताको आयोजना गरिएको आयोजकले जानएका छन । ।
गत वर्ष पीकनीकमा गएको बेला पौडी खेल्ने क्रममा ज्यान गुमाएका जिल्लाका फुटबल खेलाडीहरु रोशन खड्का र विक्रान्त के।सी.को सम्झनामा प्रतियोगिताको आयोजना गरिएको यूनाइटेड युथ क्लबका अध्यक्ष मबिन जंग शाही जानकारी दिए ।
प्रतियोगितामा उपाधी चुम्ने टिमले १ लाख २५ हजार ५ सय ५५ नगद पुरस्कार, कप, मेडल र प्रमाणपत्र हात पार्नेछ ।त्यस्तै उपविजेताले ७५ हजार ५ सय ५५ नगद। मेडल र प्रमाणपत्र हात पार्नेछ । प्रतियोगिताका खेलहरु नकाउटका आधारमा खेलाईने छ।
यसैविच प्रतियोगिता आयोजक समितीले आफ्नो तयारीलाई तिव्र पारेको जनाएको छ । प्रतियोगिता भब्य एवं सभ्य तवरले सम्पन्न गर्नका लागि तयारी लाई तिब्र पारेको समेत आयोजकले जानकारी दिएको छ ।

जनसन्देश खबर । १४ कार्तिक २०८०, मंगलवार १४:२०