
जनसन्देश सम्बाददाता ,
जाजरकोट, कात्तिक १६ गते । कुशे गाउँपालिका भित्रका गर्भवती महिलाहरुको स्वास्थ्य परिक्षणको लागि निशुल्क भिडियो एक्सरे सेवा शुरु गरेको छ । कुशे गाउँपालिका अन्तर्गत पर्ने स्वास्थ्य चौकी घरंगा र स्वास्थ्य चौकी ढिमेमा भिडियो एक्सरे सांचालनमा आएको हो।
गर्भवती महिलाहरुलाई प्रत्येक दिन निशुल्क भिडियो एक्सरे सेवा कार्यक्रम बुधबार देखि सूचारु भएको हो । गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले गर्भवती महिलाको स्वास्थ्य पक्षिण गर्ने गरि भिडियो एक्सरे सेवा सुरुवात गरेको जानकारी दिनु भएको छ । गर्भवती बाहेक अन्य बिरामीको स्वास्थ्य परिक्षणको लागि भिडियो एक्सरे गरे बापत न्युनतम शुल्क लिने, नेपालगन्ज र सुर्खेत सम्म एम्बुलेन्समा बिरामीको ओसारपसार गर्दा फ्युल लगायत सामान्य खर्च लिएर एम्बुलेन्सले गाउँपालिकाबासी समुदायलाई सेवा दिने अध्यक्ष बस्नेतले बताउनु भएको छ । पालिकाको सबै वडाहरुको गर्भवतीहरुलाई स्वास्थ्य चौकीसम्म आवागमनको लागि निशुल्क एम्बुलेन्स सेवा दिइने अध्यक्ष बस्नेतले बताए ।
सेवा सुरुवात सँगै गाउँ पालिका भित्रको सबै वडाका गर्भवती महिलाहरूको स्वास्थ्य परिक्षणको लागि जिल्ला सदरमुकाम र अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य भएको छ ।

स्वास्थ्य शाखा सह–संयोजक अमरजंग शाहले गर्भवती महिलाहरूको जाँच गर्दै भिडियो एक्सरे सेवा सुरुवात सँगै वडा नम्बर ६ मा रहेको घरंगा स्वास्थ्य चौकीमा १० जना गर्भवती महिलाहरुको स्वास्थ्य परिक्षण गरिएको जानकारी दिनु भयो ।
भिडियो एक्सरे मेसिन सोलुखुम्बु पोलिटेक्निकल एकेडेमीले उपलब्ध गराएको र भिडियो एक्सरेको लागि बेड, जेल लगायतको आवातजावत सम्पुर्ण खर्च, स्वास्थ्य सामग्री गाउँपालिकाले ब्यबस्थापन गरेको बताइएको छ । यसरी आफ्नो गाउँमै निशुल्क भीडीर्यो क्सरे सेवा पाउँदा यहाँका स्थानीय महिला निकै खुसी भएका छन ।

जनसन्देश खबर । १६ कार्तिक २०८०, बिहीबार ०६:१२