गाउँगाउँमा पुगेर भुकम्प पिपडतको घाउमा मलमपट्टी लगाउँनुहुदै मन्त्री बस्नेत

 

जनसन्देश सम्बाददाता
जाजरकोट, जाजरकोट वाट प्रतिनिधित्व गर्नु हुने प्रतिनिधिसभा सदस्य तथा माननिय उर्जा जलस्रोत तथा सिंचाई मन्त्री शक्ति वहादुर बस्नेत भुकम्प पिडितहरुको राहत तथा व्यवस्थापनका लागि अहोरात्र जुटि रहनु भएको छ ।


भुकम्प गएको भोली पल्टै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लाई साथमै ल्याएर जिल्ला पुग्नु भएका मन्त्री बस्नेत रात दिन प्रभावित हरुको पिडितहरुको राहत तथा व्यवस्थापनमा खटीरहनु भएको छ । जिल्ला विपद व्यवस्थापन समिति सँगको समन्वयमा सवै पालिकाहरुमा राहत सामाग्रहिरु पठाउने देखि आवस्यक कार्यमा समन्वय तथा निर्देसन मा लागि रहनु भएको छ । भुकम्पमा परि ज्यान गुमाउनु भएका परिवारहरु लाई समवेदना र सान्त्वना दिनुका साथै स्थलगत अवस्थाका वारेमा जानकारी दिई रहनु भएको छ ।
भुकम्प प्रभावित क्षेत्रमा स्थलगत अवलोकनको क्रममा मन्त्री बस्नेत आज नलगाड नगरपालिकाका भुकम्प प्रभावित क्षेत्रमा स्थानियहरु सँग पुगेर दूःखमा मलमपट्टी लगाउने कार्यमा जुटिरहनु भएको छ ।

तपाईको प्रतिक्रिया