कारितास नेपाल द्धारा १ हजार पाँच सय भुकम्प प्रभावितलाई खाद्यान्न सहयोग

जनसन्देश सम्बाददाता ।
जाजरकोट, मंसीर १५ गते । भुकम्प प्रभावित घर परिवारका लागि कारितास नेपाल द्धारा खाद्यान्न सहयोग गरिएको छ । गत कार्तिक १७ गते राति गएको भुकम्प वाट अति प्रभावित १ हजार पाँच सय घर परिवारलाई खाद्यान्न प्याकेज सहयोग हस्तान्तरन गरिएको हो । जाजरकोको भेरी नगरपालिका, मा ५सय ,नलगाड नगरपालिकामा ५ सय र रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा ५सय गरि १हजार पाँच सय घर परिवारमा उक्त राहत वितरन गरिएको कारितास नेपाल का प्रादेशिक व्यवस्थापक जनक शर्माले जानकारी दिनु भयो । पुर्णरुपमा घर ध्वस्त भएका ,मृत्यू तथा घाइते भएका परिवारलाई प्राथमिकतामा राखेर वडा कार्यालयले उपलप्व्ध गराएका घर परिवारमा राहत सामाग्ी वितरन गरिएको शर्माको भनाई छ । जिल्ला विपद व्यवस्थापन समितिको अनुमति र नगरपालिकाको समन्वयमा उक्त राहत वितरन सम्पन्न गरिएको हो ।


कारितास जर्मनी, कारितास नेपाल, कारितास अष्टेलिया, सीआरएस नेपाल,कारितास अष्टिया, मीजेरीएस नेपाल को आर्थिक सहयोग र युवा जागरण विकास केन्द्र नेपाल ( यार्सन ) जाजरकोटको सहकार्यमा उक्त वितरन कार्यक्रम गरिएको हो । भेरी नगरपालिकाको वडा नं १,३,४, नलगाड नगरपालिकाको १,३ र रुकुम पश्चिम आठबीसकोट नगरपालिकाको वडा नं १,३ र १४ मा गरि प्रति पालिकामा ५सय घर धुरीलाई उनिहरुको गाउँ घरमै पुगेर सामाग्री उपलव्ध गरायएको छ ।
यसरी उपलव्ध गरायएको सामाग्रीहरुमा २५ केजी चामल, ५ केजी मसुराको दाल, ३ केजी सोयबनि, १ लीटर तोरीको तेल, १ केजी नुन,१ पीस सावुन, १ थान जगर २० लीटरको ढकन सहितको बाल्टी उपलव्ध गराईएको यार्सन जाजरकोटका जिल्ला कार्यक्रम प्रवन्धक सहदेव बस्नेतले जानकारी दिनु भयो । खाद्यान्न खरीद तथा ढुवानी समेत गरि संस्थाले कुल ५० लाख १८ हजार ४सय वरावरको राहत सामाग्ी उपलव्ध गराएको बस्नेतले जानकारी दिनु भयो ।
आठबीसकोट नगरपालिका १४ सवारीगाउँका स्थानीयहरुले आफुहरुलाई गाउँमै ल्याएर यसरी राहत उपलव्ध गराइदिनु भएकोमा निकै खुसी व्यक्त गर्नु भएको छ । यसरी सवै प्रभावितहरुको लागि गाउँमै राहतको प्याकेज ल्याएर व्यवस्थीत तरिकाले सवैको लागि उपलव्ध गराउने पहिलो संस्था पाएको उनिहरुको भनाई रहेको थियो ।

नलगाड नगरपालिका १ चीउरी गाउँका स्थानीय बीमल परियारले पिडितहरुको लागि यसरी गाउँमै ल्याएर खाद्यान्नको प्याकेज उपलव्ध गराउनु भएकोमा निकै खुसी व्यक्त गर्नु भयो ।
नलगाड नगरपालिकाका नगरप्रमुख डम्वर वहादुर रावतले आफ्नो पालिकाको प्रभावित ५ सय घर परिवारका लागि पालिका सँगको समन्वयमा खाद्यन्न उपलव्ध गराइदिएकोमा संस्था तथा सवै दातानिकायहरमा आभार व्यक्त गर्नु भएको छ । दूखको वेला सवै सरोकारवालाहरुले यसरीनै साथ दिनु पर्ने नगरप्रमुख रावतको भनाई छ ।
युवा जागरण विकास केन्द्र नेपाल ( यार्सन ) जाजरकोटका अध्यक्ष अमर सिंह राठौरले पहिलो चरनमा खाद्यान्न को राहत उपलव्ध गराइउको र आगामि दिनमा पुर्ननिर्माणका कार्यमा समेत संस्थाले कार्यक्रम अगाडि वढाउने जानकारी दिनु भयो ।

तपाईको प्रतिक्रिया