क्यानडामा वस्ने नेपालीहरु द्धारा जाजरकोट भुकम्प पिडितलाई १० लाख वढि आर्थिक सहयोग

जनसन्देश सम्वाददाता
जाजरकोट,मंसीर ३० गते । क्यानडाको टोरन्टोमा रहेको नेपाली हरुको संस्था नेप्लिज क्यानेडियन कम्युनिटी सर्भिसेस (एनसिसिएस) ले हालै नेपालको जाजरकोटमा गएको भूकम्पका पीडित १ सय १ परिवारलाई आर्थिक सहयोग गरेको जनाएको छ ।
जाजरकोट भुकम्प वाट मृत्यू भएका परिवारका लागि १० समाजले १० लाख वढि आर्थिक सहयोग प्रदान गरेको जनाएको छ । हाल क्यानडामा रहनु भएका जाजरकोट भेरी नगरपालिका १ कालेगाउँ निवासी कर्ण वहादुर वटाला र ज्ञानु शाहको पहलमा क्यानेडाली समाजले सहयोग गरेको छ । सहयोग कार्यमा वाग्लुङ्ग सेवा समाज ,पोखरा निवासी विनु विक लगायत नेप्लिज क्यानेडियन कम्युनिटी सर्भिसेस (एनसिसिएस) को भुमिका रहेको जनाइएको छ ।
भुकम्पमा परि मत्यू भएका व्यक्तिका परिवारका लागि १० हजार का दरले रकम वितरन गरिएको स्थानीय समाजसेवी एवं गैर सरकारी संस्था महाँसँघ जाजरकोटका सचिव सहदेव बस्नेतले जानकारी गराउनु भएको छ ।
यसरी सात समुद्र पारी वाट आफ्नो मात्रीभुमीमा परेको वीपदको समयमा उहाँहरुले खेल्नु भएको भुमीकाको निकै प्रशंसा भएको छ । क्यानेडाली समाजका कर्ण वहादुर वटालाले दूःख र विपत्तीमा जो जहाँ रहे पनि सँगै छौं भन्ने भावना वाट ओतप्रोत भएर यहाँ रहेको नेपालीहरुले मृतक परिवारका लागि सानो सहयोग गरिएको वताउनु भयो । यसले पिडामा रहेका परिवारको घाउमा मलमपट्टी हुने उहाँले आशा व्यक्त गर्नु भयो ।


जाजरकोट भुकम्पमा परि भेरी नगरपालिका, छेडागाडका ,नलगाड , कुशे मा गरि १०१ जनाको मृत्यू भएको थियो । भेरी नगरपालिका १ का वडा अध्यक्ष दीपक रानाले क्यानडामा वस्ने नेपालीहरुले आफ्नो छाक काटेर भए पनि विपतको समयमा परेको पिडामा गर्नु भएको सहयोगको आफ्नो वडाले उच्च मुल्याँकन गरेको बताउनु भयो । ३१ जना नागरिकको मृत्यू भएको यस वडामा उहाँहरुले गरेको नगदै आर्थिक सहयोगले मृतक परिवारको घाउमा मलमको काम गरेको रानाको भनाई छ ।
नलगाड नगरपालिकाका नगरप्रमुख डम्वर वहादुर रावतले क्यानाडाली सेवा समाजको विपत्तीमा परेका यहाँका नागरिकहरुको लागि निकै राहत भएको बताउनु भयो । साथै नगरपालिकाले उहाँहरुको सहयोगको योगदानको लागि प्रशंसापत्र द्धारा सम्मान गरेको छ ।
२०८० कार्तिक १७ गते जाजरकोटको रामिडाँडा केन्द्र भएर गएको भूकम्पमा परेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सहयोग पु¥याउने उद्देश्यले क्यानाडाको नेपाली संस्था एनसिसिएसले आर्थिक सहयोग सङ्कलन अभियान चलाएर १० हजार ३ सय २६ डलर (करिब १० लाख) सङ्कलन गरेको थियो।


“उक्त रकम भूकम्पमा परि मृत्यु भएका परिवारजनलाई प्राथमिकतामा राखेर दिनु उपयुक्त ठानेर स्थानीय निकायका पदाधिकारी तथा समाजसेवी व्यक्तित्व मार्फत प्रति परिवार १० हजार रुपैयाँका दरले एक सय घरपरिवारलाई हस्तान्तरण गरिएको संस्थाका महासचिव सुदर्सन सापकोटाले जानकारी दिनु भएको छ ।
यस अभियानलाई विशेष सहयोग गर्ने समाजसेवी कर्ण बटाला त्यस्तैगरी भूकम्प प्रभावित क्षेत्रमा उपस्थित भई नगद राहत वितरण गर्न सहयोग गर्ने नगर प्रमुख डम्बरबहादुर रावत, वडाध्यक्ष दीपक राना, लीलाबहादुर शाह, सचिव उपेन्द्र जङ्ग शाह , यार्सन जाजरकोटका अध्यक्ष अमर सिंह राठौर, समाजसेवी सहदेव बस्नेत तथा नीरज शाहप्रति संस्थाले आभार व्यक्त गरेको छ ।
यस अभियानमा सहभागी भई आर्थिक सहयोग प्रदान गर्नु हुने तथा यस कार्यक्रमलाई सफल पार्न प्रत्यक्ष एवम् परोक्ष रूपमा जोडिनु हुने सबैलाई धन्यवाद पनि दिइएको छ।

तपाईको प्रतिक्रिया