जाजरकोटमा १ लाख ४० हजारले लगाए दादुरा–रुवेला खोप

 

 

 

जनसन्देश समाचारदाता
जाजरकोट, पुस २६ गते । जाजरकोटमा दादुरा–रुवेला र टाइफाइड विरुद्धको खोप १ लाख ४० हजार ८ सय ९१ ले लगाएका छन् । भूकम्प प्रभावित क्षेत्रमा महामारी फैलिन नदिन सरकारले गत पुस ४ गतेदेखि १४ गते सम्म संचालन गरिएको खोप अभियान अन्र्तगत ६ महिना देखि १५ बर्ष सम्मका ६८ हजार ३ सय ४४ बालबालिकाले दादुरा रुवेला खोप लगाएका हुन ।
स्वास्थ्य सेवा कार्यालय जाजरकोटका कोल्डचेन सुपरभाइजर शान्तबहादुर बुढाथोकीले त्यस्तै १६ देखि ४५ बर्ष सम्मका ७२ हजार ५ सय ४७ जनाले टाइफाइड विरुद्धको खोप लगाएकोे बताउनु भयो ।वुढाका अनुदार दादुरा रुवेला खोप ९९ प्रतिशत र टाइफाईड ८८ प्रतिशत खोप कभरेज भएको छ । जिल्लाका ४ सय ८० खोप केन्द्रबाट खोप संचालन गरिएको थियो ।
आपतकालिन अबस्थामा श्वासप्रश्वास, दुषित पिउनेपानी र विभिन्न खानेकुराबाट सर्ने रोगहरु फैलिन सक्ने जोखिमलाई कम गर्न सरकारले भुकम्प प्रभावित जाजरकोट, रुकुमपश्चिम लगाएत आसपासका सुर्खेत, सल्यान, दैलेख, कालीकोट र जुम्ला जिल्लामा दादुरा–रुवेला र टाइफाइड विरुद्धको खोप अभियान सञ्चालन गरेको हो ।
े निमित्त स्वास्थ्य सेवा ब्यवस्थापक डा.प्रतिक्षा भारतीले सामान्य अबस्थामा दादुराको महामारी फैलिएमा मृत्युदर १ प्रतिशत रहने र विपदको वेला दादुराको महामारी फैलिएमा मृत्युदर ३० प्रतिशत रहने भएकोले पनि खोप अभियान संचालन गरिएको बताउनु भयो ।
राष्ट्रिय खोप सल्लाहकार समितिको सिफारिसमा नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भुकम्प प्रभावित र आसपासका जिल्लाहरुमा दादुरा–रुवेला र टाइफाइड विरुद्धको खोप अभियान संचालन गरेको डा. भारतिले जानकारी दिनु भयो ।
स्वास्थ्य सेवा कार्यालयका अुनसार छ महिनादेखि १५ वर्षसम्मका एक लाख ५० हजार र १६ वर्षदेखि ४५ वर्षसम्मको लक्षित जनसंख्या छ लाख ५० हजार रहेको छ । जाजरकोट जिल्लामा मात्र ६ महिना देखि १५ बर्ष सम्मको लक्षित जनसंख्या ६८ हजार ९ सय १९ जना र १६ बर्षदेखि ४५ बर्षसम्मका ८६ हजार ६ सय ३६ जना रहेका छन् ।

तपाईको प्रतिक्रिया