
जनसन्देस सम्बाददाता
जाजरकोट, फागुन १० गते । त्रिभुवन विश्वविद्यालयका उपकुलपतिमा प्रा. डा. केशरजंग बराल नियुक्त हुुनु भएको छ ।
त्रिविका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बिहीबार बराललाई उपकुलपति नियुक्त गर्नु भएको हो ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार हाल पोखरामा रहेका बराल काठमाडौं फर्केर नियुक्तिपत्र बुझ्नु हुने छ । बराल पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति हुनु हुन्छ ।

जनसन्देश खबर । १० फाल्गुन २०८०, बिहीबार १७:०२