जिल्ला बिपद व्यवस्थापन समिति जाजरकोटमा विकास साझेदारहरुको साझेदारि वैठक सम्पन्न

 

जनसन्देश सम्बाददाता
जाजरकोट, चैत १५ गते। जिल्ला बिपद व्यवस्थापन समिति जाजरकोटमा विकास साझेदारहरुको समन्वय वैठक सम्पन्न भएको छ । जिल्ला बिपद व्यवस्थापन समिति को आयोजनामा भएको साझेदारि वैठकमा जिल्लामा कार्यरत विकास साझेदारहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा भर्खरै जिल्लामा प्रमुख जिल्ला अधिकारीको रुपमा आउनु भएका जिल्ला बिपद व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी ऋषि राज आचार्य लाई गैर सरकारी संस्था महाँसँघको तर्फवाट सचिव सहदेव बस्नेतले स्वागत समेत गर्नु भएको थियो । गत कार्तिक १७ गते जाजरकोट लाई केन्द्र विन्दु पारेर गएको भुकम्प पस्चात जिल्लामा विकास साझेदारहरुले आआफ्नो तर्फवाट गरिएको राहत वितरन, विद्यालयमा अस्थायि सिकाई केन्द्र निर्माण, अस्थायि आवास निर्माण लगायतका कार्यको प्रस्तुति गरिएको थियो ।
अस्थायि आवास निर्माणको कार्य सम्पन्न हुने क्रममा रहेका र आगामि दिनमा पुर्ननिर्माणका कार्यक्रम सन्चालन गर्ने लक्ष रहेको साझेदारहरुको तर्फवाट प्रस्तुति गरिएको थियो । साथै कार्यक्रम कार्यान्वयनका क्रममा भएका राम्रा पक्ष, सिकाई तथा चुनौतिहरुको वारेमा पनि छलफल गरिएको थियो ।
जिल्ला विपद व्यवस्थापन समितिका सदस्य सचिव एवं प्रशासकिय अधिकृत हरिश्चन्द्र शर्माले सवै साझेदारहहरुले यस राहत तथा अस्थायि आवास निर्माणमा पुर्याएको सहयोगको लागि सवैलाई धन्यवाद दिनु भएको थियो
बैठकमा प्रमुख जिल्ला अधिकारी ऋषि राज आचार्यले यस विपदको समयमा सवै विकास साझेदार संस्थाहरुले पुर्याउनु भएको योगदानको प्रशंसा गर्दै कार्यक्रम कार्यान्वयनको क्रममा आफुहरुले .जुनसुकै वेला पनि सहयोगको लागि तत्पर रहेको बताउनु भएको थियो । अव राहतको चरन वाट पुर्ननिर्माणमा जान थालेकाले पक्की आवास निर्माण , आयआर्जन लगायतका कार्यक्रम सन्चालन को लागि पनि सवै साझेदारहरुलाई आह्वान गर्नु भएको थियो । साथै दोस्रो किस्ता निकासाका लागि विपद पोर्टलमा प्रविष्ट गर्ने कार्यमा सघाउन सवै साझेदारहरुलाई आग्रह गर्नु भएको थियो ।
बैठकमा डिडिएमसी एनएचएसआरपीका जिल्ला प्राविधिक संयोजक प्रवेज गौतमले सवै साझेदारहरु विचको समन्वय र सहकार्यलाई अझै प्रभावकारी रुपमा अगाढि वढाउँदै जाने बताउनु भयो । कार्यक्रमको सहजीकरन जिल्ला विपद जोखीम न्यूनिक।न तथा व्यवस्थापन समितिको सचिवालयका अधिकृत (युएनडिपी ) मनराज आचार्यले गर्नु भएको थियो । वैठकमा जिल्लामा कार्यरत १६ वटा विकास सझेदारका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया