
जनसन्देश सम्बाददाता
जाजरकोट, चैत १६ गते । पश्चिम रुकुमको आठबीसकोट नगरपालिकाको वडा नं १३ र १४ मा निर्माण सम्पन्न भएका अस्थायि आवास नगरपालिकालाई हस्तान्तरन गरिएको छ । कारितास अष्ट्रेलिया, कारितास अष्ट्रिया,मीजेरीयस नेपाल कारितास जर्मन र सीआरएस नेपाल सँगको आर्थिक सहयोगमा कारितास नेपाल र युवा जागरण विकास केन्द्र नेपाल यार्सन जाजरकोटको साझेदारिमा संचालित भूकम्प प्रभावितहरुका लागि तत्काल राहत तथा पुर्नलाभ कार्यक्रम अन्तरगत उक्त अस्थायि आवासहरु निर्माण सम्पन्न गरिएका हुन ।
आठबीसकोट नगरपालिका वडा नं १३ हम्पामा १८ वटा र वडा नं १४ ओखरपाटा, सीरानी, बाँकेमा गरि ४८ सहित कुल ६६ वटा अस्थायि आवास हस्तान्तरन गरिएको हो । वडा नं १४ को ओखरपाटमा हिजो एक कार्यक्रका विच उक्त आवासहरु आठबीसकोट नगरपालिकाका नगरप्रमुख रबी केसी लाई कारितास नेपालका प्रादेशिक व्यवस्थापक जनक शर्मा, सीआरएस नेपालका मिल अधिकृत गणेश भट्ट, यूवा जागरण विकास केन्द्र नेपाल (यार्सन )जाजरकोटका अध्यक्ष अमरसिंह राठौरले संयुक्त रुपमा हस्तान्तरन गर्नु भएको थियो । साथै उक्त अस्थायि आवासमा नगरप्रमुख रबी केसीले रीवन काटेर घरधनिलाई हस्तान्तरन समेत गर्नु भएको थियो । त्यसक्रममा वडा नं १४ मा ३ वटा विद्यालयमा निर्माण भएका ३ वटा अस्थायि सिकाई केन्द्र पनि हस्तान्तरन गरिएको थियो ।

हस्तान्तरन कार्यक्रममा नगर प्रमुख रबी केसीले संस्थाले निर्माण गरेका अस्थायि आवासहरु नमुनायोग्य भएको भन्दै सरकारी स्तरवाट अस्थायि आवास वनाएका लाभग्राहीहरु समेत संस्थाको तर्फवाट लाभ लिन नसकेकोमा पश्चातापमा परेको सुनाउने गरेको बताउनु भयो । त्यस्तै संस्थाको अस्थायि आवासको लागि निर्माण गरेको , डिजाइन तथा निर्माण कार्य निकै राम्रो रहेकाले सवै जनाले आगामि दिनमा संस्था सँग जोडिन को लागि आग्रह गरेकाले पुर्ननिर्माणमा संस्थावाट आवास तथा आयआर्जनका क्रियाकलाप सन्चालन गर्न आग्रह गर्नु भएको थियो ।
हस्तान्तरनका साथै परियोजनाका तर्फवाट राहत देखि अस्थायि आवास निर्माण सम्मका क्रममा भएको खर्चको विवरण सार्वजनिक गर्दै जनलेखा परिक्षण समेत गरिएको थियो । जस अन्तरगत खाद्यान्न तथा पोषण अन्तरगत, न्यानो कपडा, भग्नावशेस व्यवस्थापन, अस्थायी आवास निर्माण , अस्थायि सिकाई केन्द्र , खानेपानी व्यवस्थापन, सामाजिक प्राविधिक सहयोग गरि वडा नं १३मा १९ लाख ८४ हजार ६३२ र वडा नं १४ मा ५९ लाख ९५ हजार ७७७ गरि जम्मा ७९ लाख ८० हजार ४०९ रकम परियोजना अन्तरगत खर्च भएको जानकारी प्स्तुत गरि अनुमोदन गरिएको थियो ।

आठबीसकोट नगरपालिका वडा नं १४ का वडाअध्यक्ष हुकुम वहादुर पुनको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमा वडा नं १३ का वडा अध्यक्ष टेक वहादुर थापा ,कारितास नेपालका मिल अधिकृत नबीन पौडेल ,यार्सन जाजरकोटका कर्मचारीहरु स्थानीय वुद्धिजीवी लगायत सरोकारवाला लाभग्राहीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा वडा अध्यक्ष टेक वहादुर थापाले संस्थाले निर्माण सम्पन्न गरेका अस्थायि आवासहरु नमुना भएको भन्दै पहिले सरकारी स्तरवाट निर्माण गरेका लाभग्राहीहरु समेत आफुहरुलाई सस्थामार्फत वनाउन माग गरिरहेको बताउनु भयो ।
त्यस्तै वडा नं १४ का वडाअध्यक्ष हुकुम वहादुर पुनले संस्थाले राहत देखि अस्थायि आवास निर्माण सम्म वडा सरकारको समन्वयमा निकै सहयोगी भुमिका खेलेको बताउनु भयो । आफ्नो वडामा पुर्ननिर्माणको कार्यमा समेत सहयोग गर्न जोडदार रुपमा माग गर्नु भएको थियो ।


जनसन्देश खबर । १६ चैत्र २०८०, शुक्रबार २२:१९