नलगाड र भेरीमा अस्थायि आवासको संयुक्त अनुगमन १३४ आवास स्थानीय सरकारलाई हस्तान्तरन

जनसन्देश सम्बाददाता
जाजरकोट, चैत १७ गते । जाजरकोटको नलगाड र भेरी नगरपालिकामा निर्माण गरिएका अस्थायि आवासहरुको संयुक्त अनुगमन तथा हस्तान्तरन गरिएको छ । नलगाड नगरपालिका वडा नं १ कल्पतमा ५३ वटा र भेरी नगरपालिका १ मैदे र कोल्चौरमा ७१ वटा गरि जम्मा १ सय ३४ वटा अस्थायि आवास नगरपालिका र सम्वन्धित वडालाई लाई हस्तान्तरन गरिएको छ । कारितास अष्ट्रेलिया, कारितास अष्ट्रिया,मीजेरीयस नेपाल कारितास जर्मन र सीआरएस नेपाल सँगको आर्थिक सहयोगमा कारितास नेपाल र युवा जागरण विकास केन्द्र नेपाल यार्सन जाजरकोटको साझेदारिमा संचालित भूकम्प प्रभावितहरुका लागि तत्काल राहत तथा पुर्नलाभ कार्यक्रम अन्तरगत उक्त अस्थायि आवासहरु निर्माण सम्पन्न गरिएका हुन ।
जाजरकोटका प्रमुख जिल्ला अधिकारी अधिकारी ऋषीराज आचार्य, नलगाड नगरपालिकाका नगरप्रमुख डम्वर वहादुर रावत, प्रहरी नायव उपरीक्षक पुरुषेत्तम राज पाण्डे,शसस्त्र प्रहरी नायव उपरीक्षक विकास थापा,राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुख सन्तोष बस्नेत,जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रशासकिय अधिकृत हरीशचन्द्र शर्मा, नलडाड १ का वडा अध्यक्ष धन वहादुर महर,भेरी नगरपालिका वडा नं १ का वडाध्यक्ष दीपक राना, सन्चारकर्मी सहितको टोलीले नलगाड १ कल्पत र भेरी नगरपालिका १ कोल्चौरमा संयुक्त अनुगमन गरेको हो । उक्त आवासहरु नलगाड नगरपालिकाका नगरप्रमुख डम्वर वहादुर रावत र भेरी नगरपालिका वडा नं १ का वडाध्यक्ष दीपक रानालाई प्रमुख जिल्ला अधिकारी ऋषीराज आचार्य वाट हस्तान्तरन गरिएको थियो । अनुगमनको क्रममा कारितास नेपालका प्रादेशिक व्यवस्थापक जनक शर्मा, सीआरएस नेपालका कार्यक्रम व्यवस्थापक अरुण शर्मा, यूवा जागरण विकास केन्द्र नेपाल (यार्सन )जाजरकोटका अध्यक्ष अमरसिंह राठौर, जिल्ला कार्यक्रम संयोजक सहदेव बस्नेत,को सहभागिता रहेको थियो ।
अनुगमनको क्रममा अस्थायि आवास नमुना योग्य भएको प्रमुख जिल्ला अधिकारी ऋषीराज आचाय ले बताउनु भयो । स्थानीय स्रोत शाधनको प्रयोग गरेर निर्माण भएकाले वातावरन अनुकुलन समेत रहेको प्रजिअ आचार्यको भनाई छ । त्यस्तै नलगाड नगरपालिकाका नगरप्रमुख डम्वर वहादुर रावतले संस्थावाट निर्माण गरिएका घरहरु अस्थायी आवास भन्दा पनि स्थायि प्रकृतिकै रुपमा समेत उपयोग गर्न मिलने रहेका वताउनु भयो ।

 

तपाईको प्रतिक्रिया