
जनसन्देश सम्बाददाता
सुर्खेत, चैत २० गते । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माको निवास ईत्राममा शिर्ष नेताहरूविच बैठक शुरू भएको छ । कर्णालीको नेतृत्व एमालेलाई दिने केन्द्रमा सहमति भएपछि देखिएको विवाद समाधान गर्न दुवै पक्षका नेताविच छलफल भईरहेको हो ।
छलफलमा माओवादीका कर्णाली इन्चार्ज कालिबहादुर मल्ल, एमाले इन्चार्ज लेखराज भट्ट, माओवादीका प्रभावशाली नेता महेन्द्रबहादुर शाही, मुख्यमन्त्री राजकुमार शर्मा, एमाले संसदीय दलका नेता यामलाल कँडेल सहभागी छन् ।
नेकपा एमाले कर्णाली प्रदेश सभा संसदीय दलले नेकपा माओवादी केन्द्रको निर्णय कुरिरहेको बेला दुवै दलका नेताहरूबिच मुख्यमन्त्री निवासमा छलफल भईरहेपनि ठोस निर्णय भईनसकेको स्रोतले जनाएको छ ।
केन्द्रबाट नेतृत्व एमालेलाई दिन निर्देशन दिएपनि मुख्यमन्त्री राजकुमार शर्माले जसरी पनि विश्वासको मत लिने अडान कायमै राखेका छन्।

जनसन्देश खबर । २० चैत्र २०८०, मंगलवार १४:२०