कर्णालीमा मूुख्यमन्त्रीको लागि एमाले र माओबादी केन्द्र विच रस्साकस्सी

जनसन्देश सम्बाददाता

सुर्खेत, चैत २० गते । कर्णाली प्रदेशमा मुख्य मँत्रीका लागि नेकपा एमाले र नेकपा माओबादी केन्द्र विच रस्साकस्सी चलेको छ । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माको निवास ईत्राममा शिर्ष नेताहरूविच बैठक चलीरहेको छ । कर्णालीको नेतृत्व एमालेलाई दिने केन्द्रमा सहमति भएपछि देखिएको विवाद समाधान गर्न दुवै पक्षका नेताविच छलफल भईरहेको हो ।

छलफलमा माओवादीका कर्णाली इन्चार्ज कालिबहादुर मल्ल, एमाले इन्चार्ज लेखराज भट्ट, माओवादीका प्रभावशाली नेता महेन्द्रबहादुर शाही, मुख्यमन्त्री राजकुमार शर्मा, एमाले संसदीय दलका नेता यामलाल कँडेल सहभागी छन् ।

नेकपा एमाले कर्णाली प्रदेश सभा संसदीय दलले नेकपा माओवादी केन्द्रको निर्णय कुरिरहेको बेला दुवै दलका नेताहरूबिच मुख्यमन्त्री निवासमा छलफल भईरहेपनि ठोस निर्णय हुन नसकेको स्रोतले जनाएको छ ।

केन्द्रबाट नेतृत्व एमालेलाई दिन निर्देशन दिएपनि मुख्यमन्त्री राजकुमार शर्माले जसरी पनि विश्वासको मत लिने अडान कायमै राखेपछि कर्णालीको मुख्यमन्त्री विवाद सतहमा देखिएको हो ।

तपाईको प्रतिक्रिया