
जनसन्देश समाचारदाता
जाजरकोट, असार ११ गते । सामाजिक बिकास कार्यालय जाजरकोटले महिला उद्यमशिलताका क्षमता विकास कार्यक्रम अन्तरगत १४ दिने तालिम सम्पन्न गरिएको छ । तालिमका सहभागिहरुले शैद्धान्तिकको साथै व्यवहारीक रुपमा पनि पाएको ज्ञानले तालिम अवधिमा सामाग्रीहरु समेत उत्पादन गरेका छन ।
स्थानीय महिला उद्यमहिरु तयार पार्ने ृृउद्येश्यले कार्यालयले १४ दिने तालिमको आयोजना गरेको कार्यालय प्रमुख यज्ञश्वर खत्रीले जानकारी दिनु भयो । तामिवाट सहभागिहरुले फीनेल, हरपीक र झोल साबुन निर्माण गरेका छन । उनिहरुले कुनै निकायवाट सहयोग प्राप्त भएमा आफुहरु व्यवशाय गर्न इच्चुक भएको जनाएका थिए । तालिम वाट सिकेको कुरा आफुहरुका लागि निकै उपयोगी भएको सहभागिहरुले बताएका छन ।
स्थानीय स्तरमै पाइने कच्चा पदार्थ वाट वनाउन सकीने भएकाले यि सामाग्रीहरु उत्पादन गर्नमा सहज हुने सहभागिहरुको भनाई रहेको थियो । बारेकोट ७ की सहभागी हीरा बसनेतले आफुहरु लाई तालिमले केहि गर्न सकिन्छ भन्ने आत्मा विश्वास वढाएको बताउनु हुन्छ ।
तालिम वाट सहभागिहरुले प्रतिफल दिएकोमा आफु खुसी भएको र यसलाई निरन्तरता दिदै जानु पर्ने खत्रीको भनाई छ । शिवालय गाउँपालिका वाट सहभागि कविता सोनीले आफुहरुलाई तालिमले व्यवहारिक सीप सिकाएको तर आव यसलाई पेशागत रुपमा निरन्तरता दिन आवस्यक स्रोतको आवस्यकता रहेको बताउनु भयो ।

छेडागाड नगरपालिकाकी राम क्वाँरा शाहीले आफ्नै गाउँघरमा खेर गएका बस्तुहरुवाट हामीले फीनेल, सावुन झोल र हरपीक बनाउन सकिने रहेछ भन्ने कुरा तालिमवाट पाउँदा र वनाउँदा खुसी लागेको बताउनु भयो । जिल्लामा ठुलो मात्रामा खपत हुने यि सामाग्रीहरु जिल्लामै व्यवशायिक रुपमा उत्पादन थालनी गरेर जानु पर्ने तालिम सहजकर्ता प्रकाश चन्दले बताउनु भयो । तालिम प्रशिक्षक अभिराम रावलले स्थानीय स्तरमा पाइने कच्चा पदार्थ वाट मनग्य मात्रामा उत्पादन गर्न सकिने यो व्यवशाय जिल्लाको लागि निकै फाइदाजनक हुने बताउनु भयो ।

जनसन्देश खबर । १२ असार २०८१, बुधबार १६:३७