जाजरकोट जिल्ला पूर्ण खोपयुक्त सुनिश्चितता तथा दिगोपना घोषणा

सहदेव बस्नेत
जाजरकोट, असार ३१ गते । जाजरकोट जिल्ला पुर्ण खोपयुक्त सुनिश्चितता तथा दिगोपना घोषणा भएको छ । हिजो जिल्ला स्वास्थ्य सेवा कार्यालय जाजरकोटमा आयोजित विशेस कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख काली वहादुर खत्रीले उक्त घोषणा गर्नु भएको हो ।
जजरकोट जिल्ला यस अघि २०७९ भदौमा पुर्ण खोपयुक्त जिल्लाको रुपमा घोषणा भएको थियो । कार्यक्रममा प्रमुख अतिथि काली वहादुर खत्रीले देसको खम्बाको रुपमा रहने बालबालिकाहरुका लागि पुर्ण खोपयुक्त सुनिश्चितता तथा दिगोपना घोषणा हुनु सवै जिल्ला वासीका लागि गर्वको अनुभुति हुने बताउनु भयो ।


कार्यक्रममा भेरी नगरपालिकाका नगरप्रमुख चन्द्र प्रकाश घर्तिले बालबालिकाहरुको सुन्दर भविस्य निर्माणको लागि आजको दिन ऐतिहाँसीक सावीत हुने बताउनु भयो । हरेक बालबालिकाको जन्मसिद्ध अधिकार सँग गाँसीएको गुणस्तरीय खोप सेवा लक्षीत वर्ग सम्म लैजानु हामी सवैको दायित्व रहेको प्रमुख घर्तिले धारणा राख्नु एको थियो ।
प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले यो घोषणा कार्यक्रम स्वास्थ्य क्षेत्रका लागि युगान्तकारी परीवर्तन भएको बताउनु भयो । साथै यसको दिगोपनाका लागि हामी सवैलाई चूनौति रहेको समेत प्रजिअ अधिकारीले भनाई राख्नु भएको थियो ।
कार्यक्रममा महत्वपुर्ण योगदान गरेको भन्दै महिला स्वंसेवीकाहरु सुर्य शाह, पद्मा कुमारी शाह, सीता मल्ल चन्द र युमुना रावतलाई कदर पत्र मार्फत सम्मान गरिएको थियो । साथै सात वटै स्थानीय तहहरुलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा सात वटै स्थानीयतहका स्वास्थ्य साखा प्रमुखहरु तथा स्वास्थ्य सेवा कार्यालयका चिकत्सिक तथा स्वास्थ्यकर्मिहरुको सहभागिता रहेको थियो । साथै सवै सरोकारवालाहरले यस कार्यक्रममा सहयोग गर्ने प्रतिवद्धतामा हस्ताक्षर समेत गरिएको थियो । उक्त कार्यक्रमको सन्चालन स्वास्थ्य सेवा कार्यालयका जया खड्का ले गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया