कुशेमा पहिरोले टहरा पुर्दा चार जना घाइते

जनसन्देश सम्बाददाता
जाजरकोट, साउन २ गते । जाजरकोटमा पहिरोले भूकम्प पिडीतको अस्थायी टहरा पुरीदा ४ जना गम्भीर घाइते भएका छन । जिल्लाको कुशे गाउँपालिका ८ दल्लेनाका दलसरी थापा र बिष्णु थापाको अस्थायि टहरामा माथि वाट पहिरोले परेर उनिहरु घाइते भएका हुन । जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डिएसपी पुरुसोत्तम पाण्डेका अनुसार घाइते हुनेहरुमा सोही स्थानका वर्ष ३५ का दलसरी थापा, उहाँकी छोरी ४ वर्षिया हस्तीका थापा, बर्ष २९की कमला थापा, र १७ वर्षिया निरमाया थापा रहेका छन ।
घाइतेहरु मध्य बिष्णु थापाको अवस्था गम्भीर रहेको जनाइएको छ । राती भएको घटना लगत्तै वडा अध्यक्ष डील्ली वहादुर सिंहले जानकारी गराए पश्चात प्रहरी चौकी पैंक वाट घटनास्थलमा पुगी घाइतेहरु लाई उद्धार गरिएको थियो ।


घाइतेहरुलाई प्रहरी र स्थानीयले बोकेर सुरक्षीत स्थानमा राखीएको र अहिले उपचारका लागि जिल्ला अस्पताल जाजरकोट पठाउने तयारी भएको वडा अध्यक्ष डिल्ली वहादुर सिंहले जानकारी दिनु भयो । घाइतेहरु लाई हेलीकोप्टर मार्फत उद्धार गरि उपचारका लागि नेपालगंज पठाउने तयारी भइरहेको डिएसपी पाण्डेले जानकारी दिनु भएको छ । मौसम प्रतिकुलताका कारन हेलीकोप्टर आउन ढिलाई भइरहेको डिएसपी पाण्डेको भनाई रहेको छ ।

तपाईको प्रतिक्रिया