सामाजिक विकास कार्यालय जाजरकोटको आव.२०८०।०८१मा ९५ प्रतिशत प्रगति हासील

सहदेव बस्नेत ।
जाजरकोट, साउन ६ गते । सामािजक विकास कार्यालय जाजरकोटले आ.व. २०८०।०८१ मा समग्र ९५ प्रतिशत बार्षिक प्रगति हाँसील गरेको जनाएको छ । जस अन्तरगत चालु तर्फ ९०.३१ र पुँजीगत तर्फ ९७.०७ प्रतिशत हाँसील गरेको कार्यालयले जानकारी दिएको छ । कार्यालयले आर्थिक वर्ष २०८०।०८१ मा सम्पन्न क्रियाकलापहरुको बारे पत्रकार तथा सरोकारवालाहरु लाई एक कार्यक्रमका विच काार्यलयले जानकारी गराएको हो ।
यस आर्थिक वर्षमा लक्षीत वर्गका लागि ११ वटा तालिम सम्पन्न गरेको जानइएको छ । जसमा हाउस वाइरीङ्ग ३९० घण्टे. २२ जना, च्याउ खेति ७ दिने १५ जनाले तालिम पाएका छन । अपाङ्गताहरुका लागि कम्प्युटर तालिम ४५ दिने १४ जना, उद्यमशील महिलाका लागि झोल सावुन निर्माण १४ दिने १६ जना, लोपोन्मुख तथा सीमान्तकृत समुदायका बालबालिकालाई कम्प्युटर तालिम ४५ दिने २० जना,लाई प्रदान गरेको जनाएको छ ।
त्यस्तै लोपोन्मुख समुदायलाई सीलाई कटाई तालिम ४५ दिने ५८ जना, लोपोन्मुख समुदायलाई पत्रकारीता तालिम २ महिने २ जना , लोपोन्मुख समुदायलाई ग्यारेज तालिम १ महिना १ जना, अपाँगता महिला लोपोन्मुख दलित जनजातीहरुका लागि क्षमता विकास कार्यक्रम अन्तरगत कम्प्युटर तालिम ४५ दिने १४ जना,लाई दिएको छ ।
आदीवासी दलीत भोटे तथा स्थानीय सीमान्तकृत समुदायको परम्परागत सीप जगेर्ना कार्यक्रम अन्तरगत मुर्ति तथा आरन निर्माण ५ दिने ६ जना रहेका छन । बीपद व्यवस्थापनका लागि शैक्षीक कार्यक्रम अन्तरगत टाइप दुईका ६१ वटा अस्थायि सिकाई केन्द्र, २८ जना लाई छात्रवृत्ति वितरन गरेको छ ।


त्यस्तै पुर्वाधार तर्फ कार्यालयले ४ कोठे भवन ७ वटा, २ कोठे भवन १७ वटा,स्वास्थ्यचौकी भवन २ वटा, बालविकास भवन १ वटा,भवनको तला थप २ वटा रहेका छन । त्यस्तै छात्रावास भवन १ वटा,शौचालय २ वटा , क्रियापुत्री तथा मलामी भवन २ वटा र फील्डतथा घेरावार ९ वटा सम्पन्न भएको कार्यालयले जानकारी गराएको छ ।
जिल्ल्ला समन्वय समितिका प्रमुख कालि वहादुर खत्रीले सामाजिक कार्यालय वाट तालिम पाएका व्यक्तिहरुले तालिम अनुसार को पेशा अपनाएमा उनिहरुको जिविकोपार्जनमा कुनै समस्या नआउने बताउनु हुन्छ । तर धेरै जसो सहभागिहरु तालिम सीक्ने तर व्यवहारमा लागु नगर्ने प्रवृत्ति रहेकाले त्यसको प्रभावकारी अनुगमन गर्नु पर्ने बताउनु हुन्छ ।
जाजरकोटका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले तालिममा सीकेका व्यक्तिहरुले सीकेको ज्ञान व्यवहारमा उतारे नउतारेको वारे प्रभावकारी अनुगमन गर्नु पर्ने बताउनु हुन्छ । तालिमको प्रभावकारीताका लागि तालिममा सहभागि छनौट लगायतका कुरामा पनि ध्यान दिनु पर्ने प्रजिअ अधिकारी को भनाई छ ।
सामाजिक विकास कार्यालय जाजरकोटका प्रमुख यज्ञश्वर खत्री आफुहरुले तालिम दिएका व्यक्तिहरुले तालिममा सीके अनुसारको पेशा व्यवशाय गरे नगरेको वारे मासीक रुपमा कार्यालयको तर्फवाट अनुगमन गरीरहेको बताउनु बताउनु हुन्छ ।

तपाईको प्रतिक्रिया