बर्षातका कारण भूकम्प पीडितको घर भत्कदा जाजरकोटमा ८ जना घाइते

सहदेब बस्नेत
जाजरकोट, साउन ११ गते । गए राति जाजरकोटमा बर्षातका कारण पहिरोले घर पुरीदा एकै घरका ८ जना घाइते भएका छन । घाइते मध्य दुईजनाको अवस्था गम्भीर रहेको जनाईएको छ । गत राति जाजरकोटको छेडागाड नगरपालिका ं.१२ काडागाउँ बस्ने बर्ष ३५ को पदम अधीकारीको घर अबिरल बर्षातका कारण भत्कदा घाइते भएका हुन ।
जाजरकोटका प्रहरी प्रमुख डीएसपी पुरुषेत्तम पाण्डेले घर भत्कीएर मानिस घाईते भएको भनि सोही वडाका वडा सदस्य हरि अधिकारीले टेलिफोन मार्फत छेडागाड चौकीमा जानकारी गराएपछि तत्काल उक्त स्थानमा छेडा प्रहरीचौकी बाट प्रहरी पुगेर सवैलाई उद्धार गरेको जानकारी दिनु भयो ।
जाजरकोटका प्रमुख जिल्ला अघिाकारी उमाकान्त अधिकारीले घाइतेहरुलाई प्रहरीले तत्काल उद्धार गरि विहानै जिल्ला अस्पताल जाजरकोटमा ल्याएर उपचार भइरहेको जानकारी दिनु भएको छ । घाइते मध्य सरिता अधिकारी र दिनेश अधिकारीको अवस्था जटील भएता पनि क्रमीक रुपमा सुधार आइरहेको प्रजिअ अधिकारीले जानकारी दिनु भएको छ ।
घाइते हुनेहरुमा छेडागाड नगरपालिका १२ बस्ने बर्ष ३५ को पदम अधिकारी, बर्ष १० को दिनेश अधिकारी, वर्ष ३० की सरिता अधीकारी , बर्ष १४ को नविन अधिकारी , बर्ष ६५ की भिरकुली अधिकारी, बर्ष १५ की सुजता अधिकारी, वर्ष १६ की संगिता अधिकारी, वर्ष १४ को नवराज अधिकारी रहेका छन ।
उक्त घटनामा प्रहरी र स्थानीय वासीले समयमै उद्धार गरेर मानविय क्षति हसन वाट जोगीएकोहो । घटना लगत्तै प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख लगायत सुरक्षा निकायले पहल गरेर जिल्ला अस्पतालमा पुगेर घाइतेहरुको उपचारको व्यवस्था मिलाइएको थियो ।

तपाईको प्रतिक्रिया