
सहदेव बस्नेत
जाजरकोट, साउन १७ गते । जाजरकोटमा पहिरोको उच्च जोखिम भएपछि यहाँका १२ घर परिवारका ६५ जनालाई लाई सुरक्षित स्थानमा सारिएको छ ।
जाजरकोटको जुनीचाँदे गाउँपालिका–३ स्याँला गाउँका १२ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । जाजरकोटका प्रहरी प्रमुख डिएसपी पुरूषोत्तम प्रसाद पाण्डेले अविरल वर्षाका कारण गाउँको माथिल्लो भिरालो भागबाट पहिरो खस्ने जोखिम बढेकाले ति घरपरिवारलाई सारिएको जानकारी दिनु भयो ।

प्रहरीका अनुसार उनीहरूलाई नजिकैको मग्रा भन्ने खाली ठाउँमा अस्थायी रूपमा त्रिपाल हालेर राखिएको छ । स्थानीय तह र प्रहरीको समन्वयमा घरपरिवारलाई सारिएको डिएसपी पाण्डेले जानकरी दिनु भयो ।
यसरी विस्थापीत हुनेहरुमा जुनिचाँदे गाउँपालिका ३ स्याला बस्ने सितला टमटा, सरा टमटा , सुनिता चंदरा , झुपा तिरुवा,पुतला टमटा, सर्मिला टमटा , पुतला नेपाली लगायत रहेका छन ।
प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले तत्काल जोखीम रहेको जानकारीका आधारमा ति घर परिवारहरुलाई सुरक्षीत स्थानमा अस्थायि रुपमा व्यवस्थापन गरिएको बताउनु भयो ।


जनसन्देश खबर । १७ श्रावण २०८१, बिहीबार ०८:१८