जाजरकोट जीप दुर्घटना अपडेट , मृतकको संख्या २ पुग्यो


जाजरकोट,साउन २३ गते ।
जाजरकोटमा हिजो भएको बोलेरो जिप दुर्घटनाका मृतकको संख्या २ पुगेको छ । घाइते भई कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारको क्रममा भेरी नगरपालिका ६ का ८० वर्षीय कलिमान खत्रीको मृत्यू भएको प्रहरीले जनाएको छ ।
भेरी नगरपालिका – ६ गंज भन्ने स्थानमा सदरमुकाम खलंङ्गा देखि वडा नम्बर ६ नेटा जाँदै गरेको ग १ ज ७७११ नम्बरको जिप हिजो दुर्घटना भएको थियो । दुर्घटना हुँदा हिजो उपचारको क्रममा चालक भेरी नगरपालिका – ६ गंगटिया बस्ने ३४ वर्षीय मान बहादुर वलीको मृत्यु भएको थियो ।


दुर्घटनामा परी भेरी नगरपालिका–६ की २८ वर्षीया सपना विक सार्की, ३५ वर्षीया भूमिका शाही, १९ वर्षीया दुर्गा पुन, १९ वर्षीया विन्दु शाही, ५५ वर्षीया मोती लुहार, १७ वर्षीया सीता पुन घाइते भएका छन् । त्यस्तै, २१ वर्षीया धनसरा खड्का, , २८ वर्षीया भूमिकला राना घर्ती रहेका थिए । घाइतेहरुको उपचार जिल्ला अस्पताल जाजरकोटमा भइरहेको प्रहरीले जनाएको छ ।
फोटो क्याप्सन ः दुर्घटनामा घाइतेहरुको जिल्ला अस्पताल जाजरकोटमा उपचार हुदै । तस्बिर.सहदेव बसनेत,गोरखापत्र ।

तपाईको प्रतिक्रिया