
जाजरकोट, साउन २३ गते । जाजरकोटका मृगौला पीडित मानबहादुर चलाउनेको परिवारले उपचारको लागि सबैसँग आर्थिक सहयोगको याचना गरेका छन । उपचारमा आर्थिक अभावले कठिनाइ भएको भन्दै परिवारले सबैसँग आर्थिक सहयोगको आग्रह गरेको हो ।
दुबै मृगौला फेलभई प्रत्यारोपण गर्नुपर्ने भएकोले सबै सँग चलाउनेकी श्रीमती पदमकला चलाउनेले सहयोगको आग्रह गर्नु भएको छ । । आर्थिक अवस्था कमजोर भएकाले खर्च व्यवस्थापन गर्न गाहे छ, देश बिदेशमा रहनु भएका सबैलाई आर्थिक सहयोगको लागि अपिल गर्दछु, श्रीमती पदमकला को आग्रह छ ।
जाजरकोट कुशे गाउँपालिका वडा नं १ स्याक्री निवासी मृगौला पीडित मानबहादुर चलाउनेले हाल भेनस हस्पिटल नयाँ बानेश्वर काठमाडौमा डाइलोसिस गराइरहनु भएको छ । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा उहाँको मृगौला प्रत्यारोपण हुने र एक महिना लाग्ने भएपनि आर्थिक अवस्था कमजोर भएकाले सबैसँग श्रीमती पदमकलाले सहयोगको आग्रह गर्नु भएको हो । मृगौला पीडित चलाउनेका दुई छोरा र एक छोरी रहेका छन् ।
मृगौला पीडित चलाउनेको जीवन बचाउन परिवारको याचना
तपाईको प्रतिक्रिया

जनसन्देश खबर । २४ श्रावण २०८१, बिहीबार ११:२८