
जनसन्देश सम्बाददाता ।
जाजरकोट, भदौ ३ गते । जाजरकोटमा अविरल वर्षा पछि आएको पहिरोले अस्थायि टहरा पुरीदा एकै घरका ३ जनाको मृत्यू भएको छ । गए राति जिल्लाको नलगाड नगरपालिका २ माझगाउँमा आएको पहिरोले लाल बहादुर परियारकोे अस्थायि टहरा पुरीदा लाल बहादुर सहित उहाँको श्रीमति र छोरा गरि ३ जनाकोे घटनास्थलमै मृत्यू भएको प्रहरीले जानकारी दिएको छ ।
एकान्तमा घर भएकाले रातिनै घटना भएको भएता पनि अन्य छिमेकीहरुलाई विहान मात्र थाहा भएको थियो । नलगाड नगरपालिकाका नगर प्रमुख डम्बर वहादुर रावतले जोखीम नरहेको स्थानमा पनि अवीरल वर्षाका कारण पहिरो जाँदा दूखद घट्न व्यहोर्नु परेको बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी पुरुषेत्तम पाण्डेले मृत्यू हुने हरुमा ४२ वर्षका लाल बहादुर परियार ,उहाँकी श्रीमति ३५ वर्षिया मनिशा परियार र छोरा २ वर्षिय शिभम परियार रहेको जानकारी दिनु भएको छ । एकै घरका ३ जनाले अकालमै ज्यान गुमाउनु पर्दा सीङ्गो गाउनैँ स्तव्ध भएको छ ।
घटनाको खवर विहान स्थानीयवाट पाउने वित्तीकै जिल्ला प्रहरी काार्यलय जाजरकोट र ईलाका प्रहरी कार्यालय दल्लीवाट प्रहरी घटना स्थलतर्फ गएर स्थानीय र प्रहरीको सहयोगमा सवै मृतकहरुको शव निकालीएको डिएसपी पाण्डेले जानकारी दिनु भयो । साथै शज निकाली सकेपछि प्रहरी तथा नेपाली सेना ले पुरीएको टहराको सवै काठ तथा अन्य सामाग्रीहरुको व्यवस्थापन गरेको थियो । सो स्थान गत कात्तिक १७ गतेको भूकम्प वाट अति प्रभावित वस्तिको रुपमा रहेको थियो ।



जनसन्देश खबर । ४ भाद्र २०८१, मंगलवार ०६:५२