आफन्त आउने आसामै बिते बेपत्ता परिवारका २५ वर्ष

जनसन्देश सम्बाददाता

जाजरकोट, भदौ १४ गते ।  घर वाट विद्यालय पढ्न गएको छोरा २०५५ सालमा माओबादीको आरोपमा प्रहरीले पक्राउ गरेर लिएको छोराको अहिले सम्म सास र लाश नपाउँदा भेरी नगरपालिका १ कालेगाउँकी  ७६ वर्षिय चनमति वटाला पीडामा हुनुहुन्छ ।  छोरा दीपक बटाला कतै वाट टुप्लुक्क आइपुग्छकी भन्ने आसामै आफ्नो जिवनको अन्तिम दिनहरु चनमतिले काटी रहनु भएको छ ।

तत्कालीन विद्रोही माओवादी  लाई  खाना खुवाएको  निहुँमा सुरक्षाकर्मीले श्रीमान भद्रवीर रानालाई घरबाटै पक्राउ गरेर बेपत्ता पारेको पनि २५ बर्ष विति सक्दा पनि भेरी नगरपालिका १ पिपेकी बली रानाले अझै आसामै दिनहरु विताइ रहनु भएको छ । माओवादी द्धन्दको क्रममा सुरक्षाकर्मी द्धारा बेपत्ता पारिएका श्रीमान अहिले पनि श्रीमान फर्केर आउँछन् कि भन्ने झिनो आशा पालेर बाँचिरहेको बली बताउनु हुन्छ ।

भेरीमालिका नगरपालिका २ रिसाङ्गकी कमला शर्माले आफ्ना श्रीमान बेपत्ता भएको २३ बर्ष विति सक्दा पनि कुनै अत्तोपत्तो नभएको बताउनु भयो  । अध्ययनका लागी नेपालगञ्ज गएका श्रीमान शिवप्रसाद शर्मालाई तत्कालिन शाही नेपाली सेनाले २०५८ सालमा माओवादी आरोपमा बेपत्ता बनाएको थियो ।। ‘घरको मुली मान्छेलाई बेपत्ता पारिएपछि आफु , दुई बहिनी छोरीहरु आशु बगाएरै जीउन बाध्य भएको पीडा कमला सुनाउनु हुन्छ ।

‘बुढेसकालको साहारा बन्ला भनेको छोरो बेपत्ता भएको २५ बर्ष विति सक्यो तर अहिले सम्ममा छोराको अवस्था थाह पाउन नसकेको भेरी नगरपालिका १ का ७८ वर्षिय वुवा हेमन्त वहादुर बस्नेत पीडा सुनाउनु हुन्छ ।  २०५५ सालमा छोरालाई सुरक्षाकर्मीले घरबाटै पक्राउ गरेर बेपत्ता वनाएको पीडाले वृद्ध आमाको गत वर्ष छोराको प्रतिक्षामै देह त्याग गर्नु भयो ।

त्यस्तै भेरी  नगरपालिका ४ कि राज्यलक्ष्मी खनालले पतिलाई बेपत्ता बनाएपछि आफ्नो जीवन निर्वाहमा निकै समस्या परेको गुनासो गर्नु भयो । जिल्ला प्रहरी कार्यालय जाजरकोट परिसरमा रहेको कालिका मन्दिरका पुजारी रहेका शर्मालाई सुराकीको आरोपमा तत्कालिन विद्रोही माओवादीले २०५८ सालमा अपहरण गरि वेपत्ता बनाएका थिए ।

जाजरकोटमा  आज द्धन्द्ध पीडित समुदाय जाजरकोट, र  नेपाल रेडक्रसले आयोजना गरेको अन्र्तराष्ट्रिय बेपत्ता दिवस को अवसरमा पीडित परीवारहरुले आफ्ना पीडा पोख्नु भएको हो   । पिडित परिवार, सुरक्षा निकाय, नागरिक समाज लगायतको उपस्थितिमा भेरी नगरपालिका ४ बोहरा स्थित बेपत्ता परिवारको स्मृति पार्कमा आयोजित कार्यक्रममा पिडित परिवारले आफुहरुले न्याय नपाएको गुनासो गरेका हुन । जाजरकोटमा अझै १३ जना बेपत्ताको सुचीमा रहेका छन् ।

तपाईको प्रतिक्रिया