जाजरकोटमा छुट्टा छुट्टै घटनामा परि दुईको मृत्यू

सहदेव बस्नेत
जाजरकोट, भदौ ३० गते । जाजरकोटमा अरिङ्गालले टोकेर एक जना पुरुष र चट्याङ्ग लागेर एक महिलाको मृत्यू भएको छ । शनिवार साँझ जिल्लाको भेरी नगरपालिका–२ पोखरा बस्ने मोहनलाल कामीको को घर नजिकै चट्याङ् पर्न गई उहाँकी श्रीमती ५५ बर्षकी कौसिला कामीको मृत्यु भएको प्रहरीले जनाएको छ । घाईते भएकी कामीको उपचारको लागि जिल्ला अस्पताल जाजरकोट पुरयाए पनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी प्रमुख डिएसपी पुरुषोतम प्रसाद पाण्डेले जानकारी दिनु भयो । चट्याङ्ग लागेर उक्त घर छेउमै बाधेको भेडा समेत मरेको छ ।
त्यस्तै, शुक्रवार राती जिल्लाको बारेकोट गाउपालिका–५ पाखा गाँउका ४२ बर्षका पृथ्वी बिक्रम शाहीको उपचारको क्रममा शनिवार ज्यान गएको प्रहरीले जनाएको छ । घर नजिकैको एक रुखमा रहेको अरिङ्गाल पोल्न गएको अवस्थामा अरिङ्गालले टोकेर शाही घाइते हुन भएको थियो ।
उपचारका लागि आधारभुत अस्पताल लिम्सा लगिएकोमा त्यहाँ उपचार संभव नभएपछि नलगाडको नगर अस्पताल लगएिकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी प्रमुख डिएस्पी पुरुषोतम प्रसाद पाण्डेले जानकारी दिनु भयो । हाल दुवै शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल जाजरकोटमा राखीएको डिएसपी पाण्डेले जानकारी दिनु भयो ।

तपाईको प्रतिक्रिया