
जनसन्देश सम्बाददाता ,
जाजरकोट, माघ १७ गते ।
नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती), नलगाड नगर समितिको अध्यक्षमा शशिराम ओली चयन हुनु भएको छ। “प्रभावकारी जनसेवा र पेशागत अधिकार सुदृढिकरणको लागि नेपाल राष्ट्रिय कर्मचारी संगठन १ – शान्ति, सुशासन, समाजवाद निर्माणको अभियानमा कर्मचारी संगठन ११” भन्ने मुल नारा सहित सम्पन्न भएको तेस्रो नगर अधिवेशनले सर्वसम्मत रुपमाओलीलाइ अध्यक्षमा चयन गरेको हो ।
अधिवेशनले ओलीको अध्यक्षतामा १९ सदस्य नगरसमिति सर्वसम्मत निर्वाचित गरेको नेपाल राष्ट्रिय कर्मचारी संगठन ९निजामती० का केन्द्रीय सदस्य दलवीर पुनले जानकारी दिनु भयो । केन्द्रीय सदस्य पुनले दिएको जानकारी अनुसार अधिवेशनले उपाध्यक्षमा पुष्पराज गौतम, सुरेन्द्र गौतम, सरस्वती रावललाइ सर्वसम्मत चयन गरेको छ । त्यसैगरी नगर सचिवमा सुमन गौतम, सह–सचिवमा पिटर यादव र ललिता चलाउने सर्वसम्मत चयन भएका छन् भने, कोषाध्यक्षमा बरजंग चन्द चयन हुनु भएको छ।
अधिवेशनले नविन सिंह, डम्बर बहादुर क्षेत्री, दिपकराज चनारा, चन्द्र बहादुर चनारा, निर्मला आरसी, सरिता सुनार, मोहन केसी, भुमिका विक, सन्तोष गौतम, सिता ओली र शेर बहादुर रावललाइ नगर समितिको सदस्यमा सर्वसम्मत चयन गरेको छ ।
अधिवेशनले जिल्ला प्रतिनीधिमा यमलाल ढकाल, भगवति जैसी, अमृत अधिकारी, विनोद रावल, भीम बहादुर ओली, राजु चन्द, किरण थापालाइ सर्वसम्मत चयन गरेको छ । त्यसैगरी सल्लाहकार समितिको संयोजकमा गोकर्ण चन्द, सदस्यमा तारा रावल, डा। विशाल उप्रेतीलाइ सर्वसम्मत चयन गरेको छ ।
नयाँ नगर समितिले व्यक्त गर्ने प्रतिवद्धताले नयाँ जीवन सहित बनेको नयाँ समितिमा प्राण भर्ने संगठनका जिल्ला अध्यक्ष नारायण खत्रीले बताउनु भयो ।

नव निर्वाचित अध्यक्ष वलीले हालै संसदमा टेवुल गरिएको विभेदकारी संघीय निजामति ऐनलाइ परिमार्जन गराउन पहल गर्ने, हालै कर्णाली प्रदेश सरकारले जारी गरेको स्थानीय सेवा गठन ऐन–२०८१ का विभेदकारी व्यवस्थालाइ परिमार्जन गर्न पहल गर्ने, प्रभावकारी जनसेवा र पेशागत अधिकारका सवालमा नेपाल राष्ट्रिय कर्मचारी संगठन ९निजामती०, नलगाड नगर समितिले अन्य संगठनको तुलनामा फरक पहिचान बनाउने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो।
अधिवेशन सम्पन्न पश्चात नव निर्वाचित कार्यसमितिलाइ नेपाल राष्ट्रिय कर्मचारी संगठन ९निजामती० का केन्द्रीय सदस्य दलवीर पुन, जिल्ला अध्यक्ष नाराण खत्री, नेकपा ९माओवादी केन्द्र० केन्द्रीय सदस्य डम्बर बहादुर रावत, केन्द्रीय सल्लाहकार समिति सदस्य मन बहादुर रावल, प्रदेश समित सदस्य इन्द्रप्रसाद शर्मा, गणेश सिंह, राममाया हमाल, नगर समिति अध्यक्ष अमृत ओली, नलगाड नगर उपप्रमुख देवका लामिछाने, राष्ट्रिय प्रगतिशिल स्वास्थ्यकर्मी संगठन, जाजरकोटका पुर्वउपाध्यक्ष प्रभात सुवेदी, एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय सदस्य दिनेश ओली, शिक्षक महासंघ नलगाड नगर समितिका अध्यक्ष जय बहादुर खड्का लगाएतले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भएको थियो ।

नवनिर्वाचित नगर समितिलाइ नेपाल राष्ट्रिय कर्मचारी संगठन ९निजामती० का केन्द्रीय केन्द्रीय सदस्य दलवीर पुनले पद तथा गोपनियताको सपथग्रहण गराउनु भएको थियो ।

जनसन्देश खबर । १८ माघ २०८१, शुक्रबार ०८:०७