जिल्ला स्तरीय अर्धबार्षिक प्रगति समिक्षा बैठक समापन

सहदेव बस्नेत
जाजरकोट, फागुन १ गते । जाजरकोटमा जिल्ला स्तरीय अर्धबार्षिक प्रगति समिक्षा बैठक सम्पन्न भएको छ । जिल्ला समन्वय समितिको कार्यालय जाजरकोट द्धारा आयोजित उक्त अर्धबार्षिक प्रगति समिक्षा बैठकमा जिल्लाका ७ वटै स्थानीय तह, १७ वटा सरकारी कार्यालय र १० वटा गैरसरकारी संस्थाहरुले गरेको कामको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । २८ गते देखि ३० गते सम्म जिल्ला समन्वय समिति को सभाहलमा भएको प्रस्तुतिकरनमा कार्यालयहरुको भौतिक प्रगति न्युन रहेकोमा सरोकारवालाहरुले चासो दिएका थिए ।
समिक्षा कार्यक्रमको समापन नेपाल सरकारका पुर्वमन्त्री तथा संघीय सांसद शक्ति बहादुर बस्नेतले जिल्लाको समग्र विकासको लागि सवै जनाको सहकार्य र खवरदारीको आवस्यकता रहेको बताउनु भयो । जाजरकोट जिल्लाको आधा भु–भागलाइ जोडेर अगाडी बढेको त्रिदेशीय भेरी करिडोर, जिल्लाको मध्य भाग सबै जोडेर अगाडी बढेको लुम्बिनी–रारा पर्यटन राजमार्ग आफ्नो परिकल्पनामा डिजाइन भएको सांसद बस्नेतले बताएका थिए । कुशेदेखि जुम्ला जोड्ने सुरुङ्ग मार्गको फिजिभिलिटी अध्ययन भइसकेको बताउदै सांसद बस्नेतले सुरुङ्ग मार्गको विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) बनिरहेको जानकारी गराउनु भएको थियो ।


जिल्लाले भुकम्प पुनर्निर्माण नभएर नव निर्माणको अभियान चलाउनु पर्नेमा तत्कालीन सरकारले लिएकोमा वर्तमान सरकारले उपेक्षा गरेको बताउनु भयो । भौगलिक तथा सामाजिक परिवेशले जिल्लामा दीगो विकास मात्र नभएर सन्तुलित तथा समन्यायिक विकास, सामावेशी विकास र बैत्तनिक विकासको आबश्यकता रहेको सांसद बस्नेतले राख्नु भएको थियो ।
जाजरकोट जिल्लाको कुशे, जुनीचाँदे र छेडागाडमा पाइने विभिन्न प्रजातिका बहुँमुल्य रत्नपत्थरको पहिलो चरणको प्रोसेसिङ नगरेर अन्तर्राष्ट्रिय बजारमा जान नदिने व्यवस्था भएको बताउदै सांसद बस्नेतले जिल्लामै रत्नपत्थर प्रशोधन केन्द्र संचालन गर्नुपर्ने भनाइ राख्नु भएको थियो । जिल्लाको शिक्षामा गुणात्मक विकास गर्न आबश्यक छ सांसद बस्नेतले भने, ‘शैक्षिक विकास गर्न जिल्लामा शैक्षिक सम्मेलनको आयोजना गर्न पनि सुझाव दिनु भएको थियो ।


उक्त अर्धबार्षिक प्रगति समिक्षा बैठकको समापन कार्यक्रममा नलगाड नगरपालिकाका प्रमुख डम्बर बहादुर रावत, शिवालय गाउँपालिकाका अध्यक्ष शेर बहादुर शाही, बारेकोट गाउँपालिकाका उपाध्यक्ष नर बहादुर गिरी, कुशे गाउँपालिकाका उपाध्यक्ष देविका सिंहले आफ्नो भनाइ सहितको मन्तव्य राख्नु भएको थियो ।
त्यस्तै नेपाली काँग्रेस जाजरकोटका कावा सभापति खडक बिसी, नेकपा एमाले जाजरकोट उपाध्यक्ष विश्व विक्रम शाह, नेकपा (माओवादी केन्द्र) का नेता अमरसिंह राठौर, राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य दिपक खनालले पुष्ठपोषण सहितको मन्तव्य राखेका थिए । साथै गैरसरकार संस्था महासंघ, जाजरकोटका अध्यक्ष सहदेव बस्नेत, नागरिक समाज जाजरकोट संयोजक राजेन्द्र विक्रम शाहले पृष्ठपोषण सहितको मन्तव्य राख्नु भएको थियो ।

जिल्ला समन्वय समितिका सदस्य खडक बिसीको उद्घोषणमा अर्धबार्षिक प्रगति समिक्षा बैठक संचालन गरिएको थियो । समिक्षा बैठकको समापन गर्दै जिल्ला समन्वय समितिका प्रमुख काली बहादुर खत्रीले संघीय सरकारले कर्मचारी र शिक्षकहरुको पदपुर्ति नगर्दा स्थानीय तहहरुको आधा बजेट करार कर्मचारीहरुको तलव भत्तामै जाने भएकाले पदपुर्त गर्न माग गर्नु भएको थियो ।

 

 

तपाईको प्रतिक्रिया