प्रेस सेन्टर नेपाल जाजरकोटको अध्यक्षमा शाही निर्वाचित

सहदेव बस्नेत
जाजरकोट, फागुन २२ गते । नेकपा ९माओवादी केन्द्र० निकट पत्रकार संगठन प्रेस सेन्टर नेपाल जाजरकोट शाखाको अध्यक्षमा लोकेन्द्र विक्रम शाही सर्वसम्मत निर्वाचित हुनु भएको छ । जाजरकोट सदरमुकाम खलङ्गाामा सेन्टरको पाँचौं जिल्ला अधिवेशन बाट शाही पुनः अध्यक्षमा निर्वाचित हुनु भएको हो ।
निर्वाचन समितिका संयोजक एवं प्रेस सेन्टर नेपालका उपमहासचिव दीपेन्द्र शर्माले उपाध्यक्षमा निर्मला थापा, सचिवमा मोहनजंग शाही, सह सचिवमा जुना परियार र मधुकर नेपाली लगायत १७ सदस्सीय समिति सर्वसम्मत रुपमा निर्वाचित भएको जानकारी दिनु भयो । कोषाध्यक्ष र अर्को उपाध्यक्ष पद खाली राखिएको छ । जसमा केही भूगोल मिलाएर पहिलो बैठक बाट निर्वाचित गरिने शर्माले जानकारी दिनु भयो ।
अधिवेशनमा प्रेस सेन्टरका पुर्व अध्यक्ष तथा संस्थापकहरुलाई सम्मान समेत गरिएको थियो । जसमा पुर्व अध्यक्षहरु दीपेन्द्र शर्मा, सहदेव बस्नेत, बसन्त प्रशाद शर्मा र हेमन्त केसीलाई सम्मन गरिएको थियो । साथै संस्थापकहरु दीप वहादुर घर्ति र देवका लामीछानेलाई पनि सम्मान गरिएको थियो ।
अधिवेशनमा सहभागि पत्रकारहरुले जिल्लाको सामाजिक तथा आर्थिक क्षेत्रका दुरदराजका सवालहरुलाई पत्रकारीताको माध्यमवाट जनता सम्म लिन पर्ने धारणा राखेका थिए । साथै जाजरकोट भूकम्प पस्चात हाल सम्म पनि पुनर्निमाणको कार्यमा भएको ढीला सुस्तीलाई तत्काल अगाडी वढाउन पनि निर्णय गरेको छ ।
अधिवेशनमा नेकपा माओबादी केन्द्र जाजकरकोटका जिल्ला इन्चार्ज गणेश प्रसाद सिंह र जिल्ला संयोजक टेक वहादुर रावलले पनि शुभकामना मन्तव्य राख्दै जनपक्षीय पत्रकारीताका लागि कलम चलाउन सवैलाई आग्रह गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया