आन्तरिक पर्यटक गन्तव्य बारेकोटको ‘रक गार्डेेन

सहदेव बस्नेत
जाजरकोट, चैत १६ गते । जाजरकोट जिल्लाको उत्तरी भेगमा रहेको बारेकोट गाउँपालिका–४ जिरी स्थित निर्मानाधिन ‘रक गार्डेन’ ले आन्तरिक पर्यटक तान्न थालेको छ । रक गार्डेनको प्रचारप्रसार गर्न सके पर्यटकीय स्थलको रूपमा विकास हुने देखिएको स्थानीयको भनाई छ ।
प्राकृतिक रूपमा रहेको चट्टान आफैं गार्डेन जस्तै बनेर बसेको प्राकृतिक सौन्दर्यताप्रति रुची राख्ने र रमणीय, फरक खालको ठाउँमा घुम्न चाहने पर्यटकलाई उक्त गार्डेनले आकर्षित गर्दै तान्न थालेको हो ।
सुन्दरताको खानी ‘रक गार्डेन’ पहरै पहराले बन्नुका साथै कतै गुफा त कतै ओढार रहेको छ । मनै लोभ्याउने ‘रक गार्डेन’ हेर्न तथा अवलोकन गर्न लाई एक घण्टाभन्दा बढी समय लाग्ने गरेको त्यहाँ घूम्न पुगेका आन्तरीक पर्यटकहरुको भनाई छ ।
रक गार्डेन घुम्न जाने मानिसहरू चट्टानको बनावट र त्यहाँको वातावरणमा प्रफुल्लित हुन्छन् । चिसो वातावरण र लालिगुरास फुलेको समय राताम्य देखिने ढुंगाको बगैंचा वरिपरिको सुन्दर दृश्य ले त्यहाँ घुम्न जाने मासिनसहरू आनन्दित हुने गरेका स्थानीय पत्रकार तिर्थराज वोहोरको भनाई छ ।


प्राकृतिक रूपमा बनेको ढुंगाको प्रचार प्रसार र विकासमा ध्यान दिन सकेमा बारेकोट गाउँपालिकाको महत्वपुर्ण पर्यटकीय स्थलको रूपमा विकास गर्न सकिने बारेकोट गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष बिष्णु बहादुर रावतले बताउनु भयो । अहिलेपनि पालिकाभित्रका मानिसहरू दैनिक रूपमा घुम्न आउने गरेका वडाअध्यक्ष रावतको भनाई छ ।
यस स्थानबाट बारेकोट गाउँपालिकाका, विभिन्न गाउँ बस्तीहरु अवलोकण गर्न सकिन्छ । प्रकृतिले आफैं निर्माण गरेको यो क्षेत्र साँच्चिकै मनमोहक रहेका प्राय रकगार्डेन हेर्न पुग्नेहरु को अनुभुति छ । बारेकोट गाउँपालिकाका उपाध्यक्ष नर वहादुर गीरी ढुंगाको जंगल जस्तै देखिने यस स्थानको प्रचारप्रसार र व्यवस्थापनको लागि आवस्यक पहल गरी जाजरकोटकै एक प्रमुख पर्यटकीय स्थलको रूपमा विकास गरीने बताउनु हुन्छ ।

तपाईको प्रतिक्रिया