
सहदेव बस्नेत
जाजरकोट, चैत १८ गते । पत्रकार सुरेश रजकको हत्या र अन्नपुर्ण मिडिया गृह लगायत विभिन्न संचार गृहमा भएको आक्रमणको विरोधमा जाजरकोटमा पनि विरोध प्रर्दशन गरिएको छ ।
नेपाल पत्रकार महासंघ जाजरकोट शाखाको आयोजनामा भएको विरोध कार्यक्रम सदरमुकाम खलंगामा सम्पन्न भएको हो । विरोध कार्यक्रमको विभिन्न पेशागत सामाजिक संघ–संगठनले समेत ऐक्यबद्धता जनाएका छन्
उक्त अवसरमा पत्रकारहरु राजेन्द्र कार्की, भीमबहादुर सिंह, सहदेव बस्नेत, विनोद घर्ती, रेशम खड्का लगायतका बक्ताले संलग्नलाई कारबाहीको माग गर्नुका साथै उचित क्षतिपूर्ति दिनुपर्ने बताए । जाजरकोटमा कार्यरत पत्रकारहरूले हातमा कालोपट्टी बाँधेर बिरोध जनाएका छन् ।

जनसन्देश खबर । २० चैत्र २०८१, बुधबार १५:४४