खलंगामा अन्डर—१९ भलिवल प्रतियोगिता हुदै, प्रथम पुरस्कार ५० हजार

सहदेव बस्नेत
जाजरकोट, चैत २० गते ।
जिल्लाको सदरमुकाम खलंगामा अन्डर—१९ भलिवल प्रतियोगिता सञ्चालन हुने भएको छ । सहिद स्मृति यूवा क्लव भेरी नगरपालिका १ को आयोजनामा सहिद विदुर स्मृति दोस्रो अन्डर—१९ भलिवल कप सञ्चालन हुने भएको हो ।

चैत्र २४ देखि २७ गते सम्म सञ्चालन हुने कपमा प्रथम पुरस्कार ५० हजार, दोस्रो पुरस्कार ३५ हजार र तेस्रो पुरस्कार २५ हजार रहेको आयोजक सहिद स्मृति यूवा क्लवका अध्यक्ष प्रेम बहादुर विकले जानकारी दिनु भयो ।

‘लागुऔषध दुव्र्यसन नियन्त्रण तथा रोकथामका लागि खेलकुद कार्यक्रम’ भन्ने मुल नाराका साथ सञ्चालन हुने कपमा जिल्ला भित्रका १९ बर्षमुनिका खेलाडी सहभागी हुन पाउने र खेलाडीलाई दर्ता शुल्क ४ हजार रहेको जनाईएको छ ।

यस्तै, खेलमा सर्वोकृष्ट खेलाडी, वेष्ट स्पाईकर, वेष्ट सेटर, वेष्ट ब्लकर, वेष्ट डिफेन्डर, इर्मिजिङ प्लेयर, वेष्ट प्रशिक्षक समेत छनौट गरिने अध्यक्ष विकले बताए । क्रमश, ३ हजार, २ हजार, २ हजार, २ हजार, २ हजार,२ हजार र १५ सय पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

जिल्लामा १९ बर्षमुनिका खेलाडी उत्पादन गर्न, उनीहरुको खेल विकासमा टेवा पु¥याउन, खेलप्रति उत्साह जगाउन र लागुऔषध विरुद्धको अभियान सञ्चालन गर्न यसले सहयोग गर्ने अध्यक्ष विश्वकर्माले जानकारी दिनु भयो ।

तपाईको प्रतिक्रिया